- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिका २ रामपुरमा पाँच वर्षमा ८२ जना बालबालिकाले विवाह गरेका छन् । गैर सरकारी ऐक्यवद्धता पैरवी परियोजनाले गरेको एक अध्ययानले यस्तो देखाएको हो । साविकको बरुणेश्वर गाविस हालको मोलुङ गाउँपालिका २ का ५ सय ३५ घरमा गरिएको अध्ययानबाट ८२ दम्पतीले उमेर नपुग्दै विवाह गरेको पाईएको परियोजनाका सहजकर्ता रमा कार्कीले जानकारी दिइन् । उनका अनुसार गाउँमा १३ वर्ष देखि १८ वर्ष सम्म विवाह गर्नेको संख्या बढी छ ।


बालविवाह रोक्न सचेतना
स्थानीय सरकारसँगको समन्वयमा गैर सरकारी ऐक्यवद्धता पैरवी परियोजनाले बरुणेश्वरमा बाल विवाह न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन गरिरहेको छ । विद्यालयहरुमा हाजिरी जवाफ,समुदायमा सडक नाटक र सरोकारवालाहरु बिच अन्तरक्रिया गर्ने गरिएको सहजकर्ता कार्कीले बताइन् । उनका अनुसार बरुणेश्वर माविमा हाजिरी जवाफ, बरुण एजुकेशनल एकेडेमीमा बाल विवाह विरुद्ध ¥याली सहित सडक नाटक र जनप्रतिनिधी तथा स्थानीय अगुवाबिचमा अन्तरक्रिया सम्पन्न गरिएको छ । पालिकाले पनि कुरिती विरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको मोलुङ गाउँपालिका ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen