- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा आयोजित मैत्रीपूर्ण फुटबलको उपाधी निजामती कर्मचारीको टिमले जितेको छ । जिल्ला स्थित स्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारी र बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । सगरमाथा जनता माविको खेल मैदानमा भएको उक्त खेलमा निजामती तर्फका खेलाडिले ४ गोल गरि उपाधिमाथी कब्जा जमाएका छन् ।

निजामती कर्मचारीको टोलीले बैंक तथा वित्तीय तर्फको टोलीलाई ३ गोलका बिरुद्ध ४ गोल गर्दै खेल जितेको आधिकारिक ट्रेड युनियन ओखलढुंगाका उपाध्यक्ष निलकमल निरौलाले जानकारी दिए । कोष तथा लेखा नियन्त्रण कार्यालय ओखलढुंगाका लेखापाल समेत रहेका निरौलाले सेवा प्रदायक निकायमा कार्यरत कर्मचारीहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्न खेल आयोजना गरिएको बताए । आगामी दिनमा पनि यस्ता रचनात्मक क्रियाकलापमा जोड दिईने उपाध्यक्ष निरौलाले बताए ।
खेल निकै रोमाञ्चक भएको दर्शकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen