- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा आँखाका रोगी बढेका छन् । सामुदायिक आँखा केन्द्रमा उपचार गर्न आउने विरामीको चाप बढेको हो । विगतको तुलनामा केहीवर्ष यता जिल्लामा आँखा सम्बन्धी समस्या बढेको केन्द्रका इन्चार्ज टिका राईले जानकारी दिईन् । धुलो, धुँवा र प्रदुषण बढेसँगै त्यसको असर मानिसको आँखामा परेको उनको भनाई छ । ‘८–९ वर्षअघि देखिको तथ्याङ्कलाई विश्लेषण गर्दा पछिल्लो समय आँखाको समस्या निकै बढेको देखिन्छ’ राईले भनिन् ‘आँखा पाक्ने, सुख्खा हुने, चिलाउने, चिप्रा (कचेरा) लाग्ने समस्या अलि बढि छ । यो बढ्दो प्रदुषणको असर हो ।’ ओखलढुंगा सामुदायिक आँखा केन्द्रमा २०७४ पौष देखि २०७५ असार मसान्त सम्ममा २ हजार ७ सय ४३ जनाले आँखा उपचार सेवा लिएका छन् । यो संख्या अघिल्ला वर्षको तुलनामा निकै बढि हो ।

जिल्लामा ४५ हजार रोगी भएको तथ्याङ्क सार्वजानिक
ओखलढुंगामा आँखा रोगको समस्या विकराल भन्दै गएको एक तथ्याङ्कले देखाएको छ । तिलगंगा आँखा प्रतिष्ठानले गरेको एक अध्ययानले ओखलढुंगामा कुनै न कुनै किसिमका ४५ हजार ५ सय १८ जना आँखाका रोगी रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । ‘आँखाको समस्या नै नहुने मान्छे त पाउन गाह्रो छ । तर हाम्रो तथ्याङ्क विश्लेषण गरेर भन्दा उपचार नै गराईहाल्न पर्ने मानिसको संख्या ओखलढुंगामा ४५ हजार भन्दा बढि देखिन्छ ।’ प्रतिष्ठानका एक अधिकारीले भने । जिल्ला स्तरमा एक कार्यक्रम आयोजना गरेर प्रतिष्ठानको टोलीले यस्तो तथ्याङ्क सार्वजनिक गरेको छ ।

गाउँगाउँमा उपचार सेवा पु¥याईने

स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्न ओखलढुंगाका स्थानीय तहका प्रमुखहरु सहमत भएका छन् । तिलगंगा आँखा केन्द्र प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको तथ्याङ्कले आँखा समस्या बढेको देखाएपछि स्थानीय सरकारका प्रमुखहरुले गाउँ गाउँमा उपचार सेवा पु¥याउने प्रतिवद्धता जनाएका हुन् । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन जिल्ला सदरमुकाममा मात्र उपचार केन्द्र स्थानीय तहसम्म विस्तार गर्न गाउँपालिकाका प्रमुखहरुले तिलगंगा आँखा प्रतिष्ठानसँग प्रस्ताव तयार पार्न आग्रह गरिएको चिशंखुगढी गाउँपालिकाका प्रमुख निशान्त शर्माले बताए ।
गाउँपालिकामा आगामी दिनमा आँखा उपचार केन्द्र र जिल्ला सामुदायिक आँखा केन्द्रलाई स्तरोन्नति गर्ने विषयमा पनि स्थानीय सरकारका प्रमुखहरु सहमत भएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा ओखलढुंगामा २०६३ सालमा स्थापना भएको सामुदायिक आँखा केन्द्रले उपचार सेवा दिईरहेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen