- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- शिक्षकको परीक्षाले ओखलढुंगाका विद्यार्थीको पठन पाठन प्रभावित भएको छ । शिक्षक सेवा आयोगको परीक्षामा सहभागिहुन शिक्षकहरु हिँडेपछि जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । विहिबारवाट सुरु भएको आयोगको परीक्षा दिन जिल्लामा कार्यरत सय जना भन्दा शिक्षकहरु सिरहा गएको शिक्षा विकास तथा समन्वय ईकाइबाट प्रवेश पत्र बुझेको तथ्यांङ्कले देखाउँछ । आयोगको परीक्षा असोज ११, १२ र १३ गते हुँदैछ । आोखलढुंगाबाट फारम भरेकाहरुको परीक्षा केन्द्र सिरहामा तोकिएको छ ।


शिक्षकहरु परीक्षा दिन गएपछि विद्यालयहरुले कतै स्थानीय विदा दिदै बन्द गरिएको छ भने खुला रहेका विद्यालयमा ३ जना शिक्षकले १० कक्षा सम्म हेरीरहेका छन् । विद्यालय सञ्चालनको नाममा विद्यार्थीहरुलाई हाजिरी गराएर छाडिने गरिएको छ । बन्द गरिएका विद्यालय तिन देखि पाँच दिन नखुल्ने जनाईएको छ ।
जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ मा रहेको सरस्वती माध्यमिक विद्यालय आईतबार देखी विहिबार सम्म,लिखु गाउँपालिका वडा नं. ४ को यसम माध्यमिक विद्यालय सोमबार देखी शुक्रबार सम्म, खिजिदेम्बा गाउँपालिकाको फुलमती माविका नौ जना शिक्षक परीक्षा दिन गएपछि विद्यार्थीहरुलाई असोज मंगलबार देखि विहिबार सम्म, सदरमुकाम स्थित सिद्धिचरण नगरपालिकाकै सगरमाथा जनता मावि पनि बुधवार देखी शुक्रबार सम्म बन्द गरिएको छ । सुनकोशी गाउँपालिकाको चौतारा मावि सहितका अन्य थुप्रै विद्यालयमा शिक्षक नभएपछि पढाई भएको छैन । स्थानीय विदा अनुसार विद्यालय बन्द गराईएको बन्द भएका विद्यालयका प्रअ हरुको तर्क छ ।
कतिपय विद्यालयका शिक्षक आफ्नो पाउने बिदा कटाएर हिँडेको र केही शिक्षक परीक्षार्थी भएकै कारण बन्द गराउनु परेको यसम माविका प्रधानाध्यापक घनबहादुर काफ्लेले बताए । ‘१४ जनामध्ये १२ जना शिक्षक परीक्षार्थी भएका परीक्षामा जानुभयो,अरु दुई जनाले मात्रै विद्यालय धान्न नसकिने भएकाले विदा दिईयो ।’ काफ्लेले भने । सदरमुकामको सगरमाथा जनता माविका २३ जना शिक्षक मध्ये माथिल्लो कक्षामा पढाउने ९ जना शिक्षकहरु परीक्षा दिन गएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले स्थानीय विदावाट कट्टा हुने गरि विद्यालय बन्द गराएको ब्यबस्थापन समिति अध्यक्ष किशोर सुनुवारले बताए ।
लामो समयसम्म अस्थायी र राहत दरबन्दीमा काम गरिरहेका शिक्षकहरुका लागि यो अवसर भएकाले सबैको ध्यान परीक्षामा केन्द्रित भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खगेन्द्र श्रेष्ठले बताए । स्थानीय बिदा गर्न पाउने अधिकार प्रयोग गरी व्यवस्थापन समितिले विद्यालय बन्द गरेको हुन सक्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen