- एसबी जेराे

–ओखलढुंगा प्रहरीले कर्तव्य ज्यान मुद्दामा तीन जनालाई पक्राउ गरेको छ । साविक सिद्धिचरण नगरपालिका ४ रुम्जाटार हाल, काठमाण्डौ महानगरपालिका १६ का ४५ वर्षिय रामकुमार भुजेलको हत्या अभियोगमा काठमाण्डौका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाण्डौ टोखाका ४० वर्षिय पुरुषोत्तम न्यौपाने, काठमाण्डौ सितापाईलाका २० वर्षिय सस्कार शेरचन र काठमाण्डौ महानगरपालिका १६ का ३० वर्षिय किस्न भण्डारी रहेको प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताए । प्रहरीका अनुसार मृतक भुजेल र पक्राउ परेका तीन जना काठमाण्डौको एभरसाईन मार्केटिङ्ग नेपाल प्रालिमा संगै काम गर्थे । उक्त कार्यालयमा कार्यरत भुजेलले करिब आठदश लाख रुपैयाँ हिनामिना गरेर भागेको र उनलाई खोज्दै आएका तीन जनाले संगै काठमाण्डौ लैजाने क्रममा भुजेललको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार मृतक भुजेलकै घर रुम्जाटारमा पुगेर आरोपित तीन जनाले सामान्य सोधपुछ गरेर उनलाई काठमाण्डौ लैजान गाडिमा चढाएका थिए । सानिटारनजिक आइपुगे पछी भुजेललाई एक्कासी अत्याधिक बान्ता हुनथालेपछी नजिकैको प्रहरीलाई खबर गरेर उपचारका लागि रुम्जाटार अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याइएको पाँच मिनेटमै डाक्टरले भुजेललाई मृत घोषणा गरेका थिए । अस्पताल श्रोतका अनुसार विष सेवनका कारण भुजेलको मृत्यु भएको पाइएको छ । मृतक भुजेल परिवारले पक्राउ परेका तीन जनाले विष खुवाएर हत्या गरेको आरोप लगाएका छन् । तर उनिहरुले आफुहरुले भुजेलको हत्या नगरेको र गाडिमा चढ्नु भन्दा पहिलै विष सेवन गरिसकेको बयान दिएका छन् । अभियुक्तका लागि जिल्ला अदालत ओखलढुंगामा म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी निरिक्षक भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen