- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- आर्थिक अभावका कारण दुवै मृगौला फेल भएका पृथ्वी बहादुर खत्रीको उपचारमा समस्या भएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ७ रावादोलुका ३९ वर्षिय खत्रीको उपचारमा आर्थिक समस्या उत्पन्न भएको हो ।


कमजोर आर्थिक अवस्थाका खत्रीको २२ महिना यता मृगौला फेल भएपछि राजधानीका महंगा अस्पतालमा उनको उपचार भईरहेको छ । ‘श्रीमानको ज्यान बचाउन मैले मेरो मृगौला दिन खोजेको त्यो टान्सप्लान गर्न पनि धेरै खर्च लाग्ने रहेछ’ पृथ्वी बहादुरकी श्रीमती राधिका खत्रीले गहभरि आँशु पार्दै भनिन् ‘प्लिज तपाइहरुको थोरै सहयोगले पनि मेरो श्रीमान्को ज्यान बचाउन सक्छु भन्ने आश छ । सकेको सहयोग गरिदिनुस् ।’ उनका अनुसार खत्रीले अहिले नेपाल मेडिकल कलेज जोरपाटीमा साताको ३ पटक डाईलसिस गर्दै आएका छन् । सहयोग गर्न चाहानेले मृगौला पीडित पृथ्वी बहादुर खत्रीको राष्ट्रिय बाणिज्य बैकको खाता नम्बर १४२००६७०००१० मा जम्मा गर्न सकिने पारिवारीक स्रोतले जनाएको छ । सहयोेगका लागि सबैमा खत्री परिवारले अपिल गरेको छ ।
खत्रीका श्रीमती र दुई छोरा छन् । बुबाको स्वास्थयमा समस्या उत्पन्न भएपछि छोराहरुको पठनपाठन पनि प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen