- भिजन समाचार

ओखलढुंगा-  नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा ओखलढुंगामा तीज बिशेष सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका ७ र ८ नम्बर वडा कार्यलय तथा च्यानम युवा परिवारको आयोजनामा च्यानम पोखरी भञ्ज्याङमा तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा तथा गाउँपालिका प्रमुख रुद्र प्रशाद अधिकारी, ७ नम्बर वडाका वडा अध्यक्ष श्याम कटुवाल, ८ नम्बर वडाका वडा अध्यक्ष गुण राज भट्राई, ५ नम्बर वडाका वडा अध्यक्ष गोबिन्दराम तामाङ, ९ नम्बर वडाका वडा अध्यक्ष झनक कुमार कार्कि, गाउँपालिकाका सम्पुर्ण जनप्रतिनीधि, लगायत बिशिष्ट व्यक्तिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक सुबास तामाङले बताए । कार्यक्रममा गाउँपालिका प्रमुख रुद्र प्रशाद अधिकारले यस्ता सांस्कृतिक गतिबिधीले नेपाली लोक संस्कृतिको संरक्षण र प्रबर्द्धनमा टेवा पुग्ने बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुले धुम मच्चाउन सफल भएका छन् । राष्ट्रिय कलाकारहरु बालकुमार श्रेष्ठ, सिता माझी, सिता थापा र सिर्जना बर्देवाको बेजोड प्रस्तुती रहेको थियो । ओखलढुंगामा जन्मिएका गायक श्रेष्ठ, गायीका माझी, गोर्खामा जन्मिएकी गायीका सिता थापा तथा खोटाङमा जन्मिएकी गायीका सिर्जना बर्देवाको बिशेष प्रस्तुती रहेको थियो ।
गायक श्रेष्ठले तीजका भाका, स्थानीय तथा पुर्बेली भाका, सालैजो लगायतका आफ्ना फरक खालाका करिव आधा दर्जन गित प्रस्तुत गरेर दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरेका थिए ।साथै गायीका माझीले तीजका भाका संगै ओखलढुंगालाई चिनाउने उत्कृष्ट स्थानीय, पुर्बेलि, पश्चिमेलि लगायतका आफ्ना उत्कृष्ट गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाएकी थिईन ।

यसतै गायीका थापाले निक्कै चर्चित तीजका भाका, सालैजो भाका, पश्चिमेली लगायतको गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएकी थिईन् ।साथै गायीका बर्देवाले पनि तीजका भाका लगायतआफ्नो सांगीतिक प्रस्तुति मार्फत् सहभागीहरूलाई छमछमी नचाएकी थिईन ।

कलाकारहरुले आ–आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत उपस्थित दर्शकहरु लाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको पनि बिशेष प्रस्तुती रहेको थियो । एक आपसमा तीजको शुभकामना आदान प्रदान गरेर कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कार्यक्रम संचालक लिला सुनुवारले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen