- एसबी जेरो

सुनकोशी गाउँपालिका ८ च्यानममा दुग्ध चिस्यान तथा बेसार प्रशोधन केन्द्रको स्थापना भएको छ । सुनकोशी गाउँपालिका र हलेशी दर्शन कृषी सहकारी संस्था लिमिटेडको संयुक्त लगानीमा केन्द्रको स्थापना गरिएको हो । दुध चिस्यान केन्द्रका लागि रु.४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बेसार प्रशोधन केन्द्रका लागि रु.१५ लाख सुनकोशी गाउँपालिका मार्फत सहकारीलाई अनुदान प्राप्त भएको छ । केन्द्रमा करिब ३ सय लिटर क्षमताको हप्तौँ सम्म दुध चिस्याउने मेसिनको जडान गरिएको छ ।

सहकारीमा आबद्ध दुग्ध उत्पादनमा लागेका सुनकोशी गाउँपालिका ८ र ९ च्यानमका किसानहरुलाई दुध विक्रि गर्न सहज हुने सहकारीले जनाएको छ । यहाँका अधिकांश किसानहरु गाई र भैंसी पालेर दूध उत्पादन गर्छन् । दुग्ध चिस्यान तथा बेसार प्रशोधन केन्द्र स्थापना भएपछी रोजगारीका लागि विदेशिने युवाहरुलाई गाउँमै रोजगारको अवसर उपलब्ध हुने सुनकोशी गाउँपालिकाका प्रमुख रुद्रप्रसाद अधिकारीले बताए ।
“रोजगारीका लागि अन्यत्रै बाहिरिएका युवाहरुलाई सरकारी मार्फत गाउँमै व्यवसायी बनाउदै रोजगारको अवसर सिर्जना गर्न सकिने छ ।” प्रमुख अधिकारी भन्छन् “प्रत्येक वडामा सहकारी स्थापना गर्ने सुनकोशी गाउँपालिकाको निती तथा कार्यक्रमै छ, रोजगारीका लागि विदेशिएका युवाहरुलाई सहकारी मार्फत व्यवसायी बनाउदै गाउँमै रोजगारीको वातावरण श्रृजना गर्न सकिन्छ ।” गाउँमै व्यवसाय गर्न चाहने युवाहरुकालागी युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र हलेशी दर्शन कृषी सहकारी संस्था लिमिटेड सुनकोशी गाउँपालिका बिच रु.३० लाख कर्जा सम्झौता भएको छ । गाउँमै दुधका लागि एकल तथा सामुहिक भैँसी पालन गर्ने युवाहरुलाई उक्त कर्जा लगानी गरिने सहकारीका अध्यक्ष नविन कुमार कटुवालले बताए ।
सहकारीको शेयर सदस्य भएपछि मात्र युवा स्वरोजगारको कर्जा लिन र चिस्यान केन्द्रमा दुध विक्रि गर्न पाउने अध्यक्ष कटुवालको भनाई छ । गत वर्ष देखी च्याममा व्यवसायिक बेसार खेती पनि सुरु गरिएको छ । गाउँपालिका मार्फत च्यानमलाई बेसार पकेट क्षेत्र घोषणा गरि ८ सय रोपनीमा व्यवसायिक बेसार खेती गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँमै दुग्ध चिस्यान तथा बेसार प्रशोधन केन्द स्थापना भए पछी दुधका लागि पशुपालन गर्ने र बेसार खेती गर्ने किसानहरु उत्साहित भएका छन् । ओखलढुंगा सदरमुकाम भन्दा बाहिर पहिलो पटक च्यानममा दुग्ध चिस्यान केन्द्रको स्थापना भएको हो । सोमबार एक कार्यक्रमका विच सुनकोशी गाउँपालिका ओखलढुगाका प्रमुख रुद्रप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा केन्द्रको नव निर्मीत भवनको उद्घाटन गरिएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen