- भिजन समाचार

ओखलढुंगाको च्यानममा मंगलबार विहान एक व्यक्ति मृत फेला परेका छन् । सुनकोशी गाउँपालिका वाड नं. ८ का करिब ४० वर्षिय किस्न बहादुर नेपाली मृत भेटिएका हुन् । घर नजिकैको भालदिप स्थित छिमेकी सुसिला श्रेष्ठको घरमा नेपालीलाई स्थानियले मृत अवस्थामा भेटाएका थिए । मदिरा सेवन गरी श्रेष्ठको घरको बार्तलीमा सुतेका नेपालीको राती भुईमा झरेर मृत्यु भएको हुन सक्ने स्थानिको अनुमान छ । थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलयमा खबर गरिएको सुनकोशी गाउँपालिका प्रमुख रुद्र प्रसाद अधिकारीले बताउनु भयो । अनुसन्धानका लागि घटना स्थल तर्फ प्रहरी टोली गईसकेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen