- पूर्णप्रसाद न्याैपाने

‘‘सलल बग्ने सुनकोसी नदी तैराउँदै लान्छु डुङ्गा
हाम्रो त घर कहाँ भन्छौ माया पूर्व है ओखलढुंगा‘’
‍‍…….. यस्तै शब्द समेटिएको जिल्लाभक्ति गीत गायक भीमराज सुनुवारले बजारमा ल्याएका छन् । गायक सुनुवारले ओखलढुंगा र आसापासका क्षेत्रको विशेषता झल्काउने रमाईलो गीत बजारमा ल्याएका हुन् ।
‘..रामेछाप–ओखलढुंगा चण्डी पूर्णे मेला
चण्डेश्वरी–सैपु र वाच्पू रगनीमा भेला..’

जन्मभूमिको प्राकृतिक सौदर्यता र स्थानीय सांस्कृतिक पहिचान र प्रचुर सम्भावना भएको पर्यटनलाई पनि जोड दिने उद्धेश्यले जिल्लाभक्ति गीत तयार पारेर बजारमा ल्याएको गायक सुनुवार बनाउँछन् । ओखलढुंगा जिल्लाका प्रायः सबै स्थानका पर्यटकीय क्षेत्रलाई गीतका शब्दमा समेटिएको छ । उनको गीतमा जातीय परम्परालाई पनि अगाडि ल्याउने कोशिस गरिएको छ । भने सुनुवार जातिमा रहेको चण्डी पूर्णीमा मेलालाई गीतका हरेक शब्दले छोएको छ ।

पूर्वका गीतलाई संकलन गरेर जस्ताको तस्तै गाउने सिप भएका सुनुवार आफूले गाएका गीतलाई त्यस भेगका श्रोताले मन पराइदिने विश्वास गर्छन् । गीत–संगीतको क्षेत्रमा कम्मर कसेका भीमराजले केही समय अगाडी ‘हाउ लुङ्गा, घर हाम्रो ओखलढुंगा’ बोलको गीत बजारमा ल्याएका थिए । धेरै गीत सुन्ने र नाच्नेहरुका लागि प्रिय बनेको भीमराजको पहिलो गीत यतिबेला पनि चर्चाको शिखरमा छ ।
भीमराजकै लय,शब्द र स्वरमा रेकर्ड भएको जिल्लाभक्ति गीतको भिडियो ओखलढुंगामै छायाँङ्कन गरिने भएको छ । केही समयपछि नै उक्त गीतको भिडियो दर्शकसामु ल्याउने तयारी गरेको गायक सुनुवारले सुनाए । उक्त गीतकाे अडियाे सुन्न याे लिङ्कमा जानुहाेस् > https://www.youtube.com/watch?v=l21stHNH8rk

भीमराजको गायनमा पाण्डवको झल्को

खिजीदेम्बा गाउँपालिका ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् । सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफुले पनि गीत गाउन पाए कस्तो हुन्थयो होला’ भन्ने कौतुहलता र आशा बोकेका तिनै सुनुवार अहिले विशेष खालका पूर्वेली लोकभाका गाउन प्रखर छन् ।

भिमराजको गायन शैलिले कुनै एक समयका चर्चित गायक पाण्डव सुनुवारको झल्को दिन्छ । विशेष गरी ओखलढुंगा र रामेछाप आसपासमा गाइने बजारे भाकालाई टपक्क टिपेर भीमराजले गाएको गीत सुन्दै गर्दा पाण्डव सुनुवारको झल्को आउँछ । खिजीदेम्बा कै स्वर्गीय पाण्डव सुनुवारले पनि लोकलयमा आधारित गीत गाएर छुट्टै पहिचान बनाएका थिए । भीमराज र पाण्डव सुनुवारले गीत गर्ने शब्द उच्चारण शैलि पनि उस्तै उस्तै लाग्छ । ‘भीमराजको गीतले पाण्डव सुनुवार सम्झायो । गायनमा पाण्डव जस्तै भीमराज पनि सफल हुने सकेंत हो यो ।’ भीमराजको गीत सुन्दै गरेका एक स्रोताले भने ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen