-  एसबी जेरो
कर्जा नतिर्ने चार सहकारीका सञ्चालक समिती, लेखा समिती र ऋण उप समितीका ५८ जना कालो सुचिमा परेका छन् । गाउँपालिका उप प्रमुख, वडा अध्यक्ष, शिक्षक र राजनितिक दलका नेता पनी कालो सुचिमा परे । उनिहरुको घरजग्गा रोक्का साथै जिल्ला प्रशासन, जिल्ला समन्वय समिती र गाउँपालिका बाट उपलब्ध हुने सेवा सुविधा रोकिएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले ६ वर्ष अघि ओखलढुंगामा लगानि गरेको करिब ८१ लाख भन्दा बढी कर्जा उठाउन सकस भएको छ । जिल्लाका चार वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कोष मार्फत  युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि लिएको कर्जा नफर्काएपछी कोषलाई कर्जा असुली गर्न समस्या भएको हो । युवालाई सौलियत ब्याजदरमा लगानि गर्न सहकारीले लिएको कर्जाको साँवा, ब्याज र हर्जना सहित ८१ लाख ७५ हजार ३ सय ९० कोषलाई तिर्न बाँकी छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले समयमा कर्जा नतिर्ने सहकारी संस्थाका ५८ पदाधिकारीको सेवा सुविधा रोक्का गर्न जिल्ला प्रशासन कार्यलय ओखलढुंगा, जिल्ला समन्वय समिती ओखलढुंगा र सम्बन्धित गाउँपालिकाहरुलाई पत्रचार गरी आग्रह गरेको छ । कोष सञ्चालन नियमावली, कर्जा लगानी निर्देशिकाका आधारमा कोष र सहकारीबीचको सम्झौताअनुसार रकम भुक्तानी नगर्दासम्म उनीहरूले पाउने सबै सेवासुविधा रोक्न सचिवालयले ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ । कोषको जिल्ला संयोजन तथा अनुगमन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।

 सहकारी संस्थाका सञ्चालक समिती, लेखा समिती र ऋण उपसमिती एवम् उनिहरुका एकाघर परिवारका सदस्यहरुलाई समेत उल्लेखित कार्यलयबाट प्रदान गरिने सेवा सुविधा रोक्का राखी कोषको कार्यलयमा जानकारी गराउन पत्रमा भनिएको छ ।      सङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत आफ्नो माताहतका कार्यलयलाई पत्र लेखी आवश्यक सहजिकरणका लागि अनुरोध गरेको छ । नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड यसम, मानेभनज्यांग बचत तथा ऋण सहकारी सस्था लिमिटेड मानेभनज्यांग, ककनी गौरीवन कृषी सहकारी संस्था लिमिटेड विलन्दु र बलखु कृषी सहकारी संस्था लिमिटेड बलखुले स्वरोजगार कोषबाट युवाहरुका नाममा लिएको कर्जा तिर्न बाँकी छ । यी चार सहकारी संस्थाले २०६९ साल देखि लिएको कर्जाको साँवा र व्याज बुझाएका छैनन् । सहकारीमा आवद्ध केही गाउँपालिका उपप्रमुख, वडा अध्यक्ष, शिक्षकहरु र राजनितिक दलका नेता कालो सुचिमा परेका छन् । सुनकोशी गाउँपालिकाका उपप्रमुख दुर्गा तामांगको पनी गाउँपालिका र सम्बन्धित कार्यलयबाट प्राप्त हुने सुविधा रोक्का हुने भएको छ । उनी बलखु कृषी सहकारी संस्था लिमिटेडका उपाध्यक्ष हुन् । उपप्रमुख तामांग संगै सहकारीका अध्यक्ष सागर प्रसाद लुईटेल, सचिव मिनकुमार घिमिरे, कोषाध्यक्ष बैकुण्ठ लुईटेल, सदस्यहरु पेशल कुमार गिरी, विपिन घिमिरे र लक्ष्मि बराईलीको पनी सुविधा रोक्का गर्न गाउँपालिकालाई भनिएको छ । लेखा समिती संयोजक लक्ष्मण पराजुली, सदस्य कल्पना पराजुली र भुवानी शंकर अधिकारी साथै ऋण उप समिती संयोजक पेशलकुमार गिरी, सदस्य लक्ष्मण पराजुली र चित्रकुमार लुईटेल सहित उनिहरुको एकाघर परिवारको समेत सुविधा रोक्न कोषले भनेको छ ।

सचिव मिनकुमार घिमिरे र ऋण उपसमिती सदस्य चित्रकुमार लुईटेल शिक्षक हुन् । यस सहकारीले कोषलाई साँवा, व्याज गरी रु. ४ लाख ७४ हजार ३५ रुपैयाँ तिर्न बाँकी छ । कर्जा तिर्न बाँकी रहेका ओखलढुंगाका चार सहकारी संस्थाहरु मध्ये सबै भन्दा कम बलखु कृषी सहकारी संस्था संग छ । यस सहकारीले २०६९ माघ गते २ कोष संग रु. ३० लाखको कर्जा सम्झौता गरेको थियो । सम्झौता अनुसार दुई किस्ता रु.१८ लाख निकासा लिएको बलखु कृषी सहकारीले कोषलाई त्रैमासिक रुपमा किस्ता तथा ब्याज भुक्तानी गर्नु पर्ने गरेन । अन्तीम भुक्तानी मिती २०७३ सम्मको थियो ।

 माओबादि नेता विनोद कुमार सुनुवार र वडा अध्यक्ष झम्कहरी बडाल समेत कालो सुचिमा परेका छन् । सुनुवार ककनी गौरीवन कृषी सहकारी संस्था लिमिटेड विलन्दुका अध्यक्ष र बडाल सदस्य हुन् । सुनुवार र बडाल सहित सहकारीका अन्य १२ जना पदाधिकारी र उनिहरुको एकाघर परिवारका सदस्यहरुको सुविधा रोक्न जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समिती र उँपालिकालाई कोषले पत्र लेखेको छ । सहकारीका उपाध्यक्ष रंगध्वज कार्की, सदस्यहरु भिम किरात, यमुना खतिवडा, गणेश बहादुर कार्की, वेद बहादुर नेपाली, दुर्गाप्रसाद घिमिरे र श्याम कुमार पौडेल कालो सुचिमा परेका छन् । लेखा समितीमा वेनी बहादुर श्रेष्ठ, मेख बहादुर कार्की र अंक बहादुर बोगटी साथै ऋण उपसमितीमा गणेश कार्की र कृष्ण बहादुर कार्की छन् ।

ककनी गौरीवन कृषी सहकारी सस्था लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोष विच पहिलो चरणः २०६९ माघ २ गते रु. ४० लाख कर्जा सम्झौता भएको थियो । सम्झौता अनुसारको कर्जा रकम सरकारीले तीन किस्तामा लिएको कोषले जनाएको छ । पुनः दोश्रो पटक २०७२ असोज १२ गते सहकारी र कोष विच रु. ६० लाख कर्जा सम्झौता भएको थियो । सम्झौता गरी पहिलो किस्ता रु. १८ लाख निकासा लिए पछी यस सहकारीले २०७४ असार ३१ गते देखी त्रैमासिक किस्ता र ब्याज बुझाएको छैन । ककनी गौरीवन कृषी सहकारी सस्था लिमिटेडले कोष लाई २०७५ भाद्र ८ गते सम्म साँवा, व्याज र हर्जना गरी रु. २६ लाख ६८ हजार २ सय ३८ बुझाउन बाँकी छ । सबै भन्दा बढी मानेभनज्यांग बचत तथा ऋण सहकारी संस्था लिमिटेड मानेभनज्यांगले कर्जा बुझाउन बाँकी छ । यस सहकारीले रु. ३५ लाख ७६ हजार ७ सय २२ रुपैया कोष बाट लिएको कर्जा फर्काउन बाँकी रहको कोषले जनाएको छ । बरोजगार युवाहरुलाई विना धितो अधिकतम रु.२ लाख सम्म कर्जा लगानी गर्नकालागि कोष र यस सहकारीले २०६९ माघ २ गते रु. ३५ लाख पहिलो चरण कर्जा सम्झौता गरेको थियो ।

पहिलो चरणको तिनै किस्ता निकासा लिएको सहकारीले पुनः २०७२ जेठ १३ गते कोष संग रु.५२ लाखको दोश्रो सम्झौता गरेको हो । सम्झौता पश्चात रु. १५ लाख ६० हजार निकासा लिएको मानेभनज्यांग बचत तथा ऋण सहकारी संस्थाले २०७२ असोज ३० गते देखी कोषलाई तिर्नु पर्ने त्रैमासिक किस्ता तथा ब्याज नबुझाएकोले २०७५ भाद्र ८ गते सम्ममा साँवा, ब्याज र हर्जना समेत गरी जम्मा रकम रु. ३५ लाख ७६ हजार ७ सय २२ कोषलाई तिर्न बााकी छ । युवा स्वरोजगार कोषले मानेभनज्यांग गाउँपालिकालाई पत्र लेख्दै सहकारीका सम्पुर्ण पदाधिकारीहरुलाई गाउँपालिका बाट प्राप्त हुने सेवा सुविधा रोक्का गर्न अनुरोध गरेको छ । सन्चालक समितीका अध्यक्ष ठण्डसिंह राई, उपाध्यक्ष दिनेश कुमार राई, कोषाध्यक्ष मदनकुमार राई, सह–कोषाध्यक्ष अबराम राई, सचिव राजकुमार थापा, सह–सचिव मन्जित राई, सदस्यहरु जुनि राई, समरतीमाया राई, हरि कुमार राई, अमर बहादुर मगर र मणि कुमार राईको सुविधा रोक्का गरी कोषमा जानकारी गर्न आग्रह गरिएको हो ।

लेखा समिती संयोजक बुद्धि बहादुर राई, लक्ष्मीकुमारी राई, जनताराम राई साथै ऋण उप समितीका अमृत बहादुर राई, डोलसरी राई, हरिकुमारी राई लाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधा रोक्का राखी सोको जानकारी कोषलाई गराउन अनुरोध गर्दै गाउँपालिकालाई पत्र पठाइएको छ । लिखु गाउँपालिका–४ यसमको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु पनी कालो सुचिमा परेका छन् । यस सहकारीले कोषलाई साँवा, ब्याज गरि रु. १४ लाख ५६ हजार ३ सय ९५ कर्जा बुझाउन बाँकी छ । यस सहकारीले २०६९ माघ ५ गते रु.३० लाख कर्जा सम्झौता गरेको थियो । २०७३ असार मसान्तमै किस्ता बुझाउने समय सकिएको कोषले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय कार्यालय र गाउँपालिका लाई लेखेको पत्रमा उल्लेख गरेको छ ।  नागरिक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिती, लेखा समिती र ऋण पसमितीका १६ जना पदाधिकारीहरुको सेवा रोक्न अनुरोध गरिएको छ । सञ्चालक समितीमा अध्यक्ष पुर्णबहादुर खड्का, सचिव नन्द बहादुर खड्का, कोषाध्यक्ष रामकुमार बस्नेत, सदस्यहरु अनिता थापा (खड्का), खेमराज ढुंगेल, प्रेम विसंखे, भिम बहादुर मगर, सन्तोष बहादुर खत्रि र टुके दमाई छन् । लेखा समिती संयोजक कुल बहादुर बुढाथोकी, सदस्यहरु थिर ब खड्का र तिलक पाण्डे साथै ऋण उपसमिती संयोजक भिम बहादुर बस्न्यात, सदस्य याम बहादुर लामिछाने र फाल्गुण सिंह खड्काको सुविधा रोक्न लिखुगाउँपालिकालाई अनुरोध गरिएको कोषले जानकारी दिएको छ ।

युवाका नाममा कर्जा ल्याएर नतिर्ने सहकारी र तिनका सञ्चालक समिती, लेखा समिती र ऋण उपसमितीका पदाधिकारी र तिनका एकाघर परिवारका सदस्यहरुको नाममा रहेको घरजग्गा रोक्का भएको छ । सम्झौता बमोजिम कोषको रकम फिर्ता नगरे अझ कडाँ कारबाही प्रक्रिया अघि बढाईने युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कानून र असुली शाखाका प्रमुख ज्ञानहरी देवकोटाले बताए । कोषले यस अघिनै ककनी गौरीवन कृषि सहकारी, नागरिक बचत तथा ऋण सहकारी र मानेभन्ज्याङ बचत तथा ऋण सहकारी संस्थालाई यस अघिनै कालो सुचिमा राखेको थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen