- भिजन समाचार

भाद्र १४,ओलखढुंगा । बुधबार राति पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ खिम्लीमा एकै परिवारका चारजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया राई र तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो । राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन् ।  उनीहरु पठनपाठनका लागि रुम्जाटारमा रहेकाले पहिरोमा पुरिनबाट जोगिएको स्थानीयले बताए । पूर्णबहादुरले अपांगता भएकी दिदीको आफ्नै घरमा पालन पोषण गर्दै आएका थिए । एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ । जनप्रतिनिधि र प्रहरीको सहयोगमा मृतकको शव पहिरोबाट निकालिएको छ ।  बिहीबार बिहान ४ बजे सूचना आएपछि खटिएको उद्धार टोलीले घटनास्थलबाट चार जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen