- एसबी जेराे

सुनकोशी गाउँपालिकाले अचम्म लाग्दो बिकास गरेकोछ । पम्प सेट गाड्ने योजना कागजमा निमार्ण सम्पन्न भएको देखाएर ५ लाख रुपैया भुक्तानी लिने काम भएको छ । ओखलढुगांमा भएको कागजी विकासको एउटा नमुना ।

ओखलढुंगा- सुनकोशी गाउँपालिका ओखलढुंगामा कामै नगरी काम सम्पन्न गरेको कागज तयार पारी योजना फरफारक गरेको पाईएको छ । जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा कामै नगरी योजना सम्पन्न गरेको कागज बनाएर योजनाको रकम निकासा गरेको पाईएको हो । सनुकोशी गाउँपालिका वाड नंं. १ ढेबुवामा पम्पसेट निर्माण गर्ने योजनाको सबै काम नगरि फरफारक गरिएको छ ।
५ लाखको उक्त योजनाको काम पुरा नगरी डुवुवा पम्प सेट खरिद निर्माण उपभोक्ता समितीले काम सम्पन्न भएको कागज बनाएको छ । १ नं. वडाले पनि काम सम्पन्न भएको भनि गाउँपालिकामा सिफारिस गरेको छ । योजनाको सम्पुर्ण काम प्राविधिकको स्टिमेट अनुसार पुराभएको, अनुगमनका क्रममा पाईएको भन्ने व्यहोरा कार्यबाहक वडाअध्यक्ष शहदेव गिरीले हस्ताक्षर गरि गाउँपालिकालाई लेखिएको सिफारिस पत्रमा उल्लेख छ । यही पत्रको आधारमा गाउँपालिकाले योजनाको सम्पुर्ण रकम उपभोक्ता समितीलाई निकासा दिईसकेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी मिती २०७४ चैत्र १५ गते गाउँपालिकामा योजना सम्झौता भएको थियो । काम सुरु गर्न समितिले सम्झौता लगतै १ लाख ६५ हजार प्रथम किस्ता रकम निकासा लिएको थियो । आथिर्क वर्ष सकिन तीन महिना बाँकीहुदा सम्म दुर्गाहरी राईको अध्यक्षतामा बनेको उपभोक्ता समितीले योजनाको कुनै काम गरेन ।
काम नगरी आर्थिक वर्ष सकिनै लागेपछि अन्तिम किस्ता रकम रु ३ लाख ३५ हजार निकासा लिनका लागि योजना सम्पन्न प्रतिवेदन, सार्वजनिक सुनुवाई लगायत अनुगमन समितीको मुल्यांकन सहितको झुटो विवरण तयार पारी रकम निकासा गरिएको छ । वडा कार्यालयले उपभोक्ता समितिले बनाएको विवरणकै आधारमा मात्रै स्थलगत अनुगमन नगरी योजना सम्पन्न भएको सिफारिस गरेको छ । चलानी नं. ३५२ को पत्रमा कार्याबाहक वडा अध्यक्ष शहदेव गिरीले हस्ताक्षर गरि सबै काम सकिएको व्याहोरा जानकारी गराउँदै अन्तिम किस्ता निकासाका लागि सिफरिस गरेका छन् । उनले हस्ताक्षर गरेको सिफारीस पत्रमा प्राविधीकको स्टिमेट अनुसार काम सम्पन्न भई प्राविधिक मुल्यांकन समेत भएको उल्लेख छ । पत्रमा योजना स्थलको फोटो समेत संलग्न गरिएको छ भनि उल्लेख गरिएको भए पनि योजना स्थलमा भने अहिले सम्म सामान खरिद गरेर एक व्यक्तिको घरमा राखिएको बोहक अन्य कुनै काम भएको छैन ।
पम्प सेट निर्माणका लागि आवश्यक सामाग्री मात्र केही हप्ता अघि ढेबुवा घाट माझि गाउँमा ल्याईएको गाउँले बताउछन् । अहिले ति सामाग्रीहरु स्थानिय पुर्णबहादुर माझिको नयाँ बनेको घरमा स्टोर गरिएको छ । सोलार पाता, नदिको पानी तान्ने पम्प सेट, सोलार ईन्भर्टर, ६३ एमएमको तीन सय मिटर प्लाष्टीक पाईप र जीआई पाईपका टुक्राहरु ल्याईएको छ । तर जडान गरिएको छैन । डुवुवा पम्प सेट खरिद निर्माण उपभोक्ता समितिले गाउँपालिका बाट विनियोजन गरिएको कुल बजेट भन्दा ५६ हजार ६ सय ३८ बढि रकमको सामाग्री खरिद गरि ल्याएको छ । न्यु श्रेष्ठ मेसेनरी कन्सर्न नक्साल काठमाण्डौबाट उक्त सामाग्री खरिद गरि ल्याईएको हो । सामान खरिदमा मात्र भ्याट सहित रु ५ लाख ५६ हजार ६ सय ३८ रुपैयाँ खर्च भएको देखिन्छ ।

यसरी गरियो, फर्जि निर्णय
दुर्गाहरी राईको अध्यक्षतामा रहेको डुबुवा पम्प सेट खरिद निर्माण समितिले योजनाको नाममा हुँदै नभएको सार्वजनिक सुनुवाई र योजना सम्पन्न प्रतिवेदन लगायतका फर्जिकागजात २०७५ साल असार महिनामै बनाईयो । अध्यक्ष राईले गाउँकार्यपालिकामा पेश गरेको आफ्नो सार्वजनिक सुनुवाई प्रतिवेदनमा लोपोन्मुख माझि बस्ती ढेबुवामा पम्प सेट निर्माण पश्चात लावान्वीत भएको उल्लेख गरेका छन् । ढेबुवाका २०–३० घर परिवार खानेपानी बाट लाभान्वित भएसँगै खानेपानी समस्या समधान भएको र यहाँका माझिहरुले तरकारी खेती गर्न थालेको समेत प्रतिवेदनमा उल्लेख छ । तर गाँउमा योजनाको काम पनि नभएको र सार्वजनिक सुनुवाई भएको बारेमा आफुहरुलाई जानकारी नभएको स्थानीय बताउँछन् । ‘खै हाम्रो गाउँमा त्यस्तो त केही भएको थाहा छैन, पानीका लागि भनेर सामान चाँही ल्याएर राखिएको छ ।’ एक स्थानीय अगुवाले भने ।
अनुगमन समितिले पनि बन्दै नबनेको योजना सम्पन्न भएको भनेर सिफारीस दिएको छ । अनुगमन समितिका संयोजक टालबाबु राईको अध्यक्षतामा असार १४ गते अनुगमन समितिको बैठक बसेको थियो । अनुगमन समितिको माईनोटमा डुबुवा पम्प सेट खरिद निर्माण योजना प्राविधीक स्टिेमेट अनुसारनै सम्पन्न भएको जनाएको छ । ‘प्राविधिक स्टेमेट अनुसार काम सम्पन्न भएको छ, योजना पारदर्शी रहेकाले सबै एकमुस्ट रकम निकासाका लागि अनुरोध गर्ने निर्णय गरियो ।’ अनुगमन समितिको बैठक निर्णयमा उल्लेख छ । योजनाको अनुगमन गरेझै गरी अनुमगन समितिको बैठकले प्राविधीकको स्टिमेट अनुसार पारदर्शी ढंगबाट पम्प सेट निर्माण भएको उल्लेख गर्दै योजनाको फरफारक र बाँकी सम्पुर्ण रकम निकासाका लागि निर्णय गरेको छ । यो पनि फर्जि हो ।
असार १४ गते नै योजनाको सम्पुर्ण काम सम्पन्न भएको भन्दै सार्वजनिक सुनुवाई गरिएको अर्को झुटो विवरणको कागज बनाईको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा २५ जनाको उपस्थिती भएको देखाइएको छ । उक्त सार्वजनिक सुनुवाईमा ढेबुवाका आठ जना माझिहरुको पनी उपस्थिती रहेको देखाईएको छ । रविन माझि, कुमारी माझि, सविन माझि, डिल्लीमान माझि, रहबहादुर माझि, माईतीमाया माझि, पुर्ण बहादुर माझि र धन बहादुर माझिको उपस्थिती देखाईएको छ ।
उनीहरुको नाम र उपस्थितीमा हस्ताक्षर समेत गरिएको छ । यस विषयमा उनिहरुले भने गाउँमा कुनै सार्वजानिक सुनुवाई नभएको र आफुहरु कोही सहभागि नभएको बताएका छन् । स्थानिय रहबहादुर माझिका अनुसार सामान झार्ने बेलामा बाहेक अरुबेला आफुहरु भेला नभएको बताए । रहबहादुर भन्छन् ‘आफु सहित रविन माझि, सविन माझि, डिल्लीमान माझि, पुर्ण बहादुर माझि र धन बहादुर माझि दैनिक ज्याला दारिका लागि अधिकांश समय गाउँ बाहिर जान्छौ, कुनै बैठकको बारेमा हामिलाई थाहा छैन ।’

जनप्रतिनिधि र कर्मचारीकै मिलेमत्तो
योजनाको सत्य तथ्य अनुगमन नगरी वडा कार्यालयले गैरजिम्मेवार हिसाबले कामै नभएको योजना सम्पन्न भएको सिफारीस गरेको छ । यसमा वडाका जनप्रतिनिधि र कर्मचारी पनि संलग्न छन् । योजनाका विषयमा प्राविधिक सहायक पेशलकुमार अधिकारीले तयार पारेको कार्य सम्पन्न प्रतिवेदन र कार्यबाहक वडाअध्यक्ष गिरीले गरेको सिफारिस गैरजिम्मेवारीको नमुना हो । कामै नभएको योजना सम्पन्न भएको भनि रचिएको खेलमा गाउँपालिका ईन्जीनियरको समेत संलग्नता देखिन्छ ।
सुनकोशी गाउँपालिका वाड नं. १ का वडा सचिव तथा प्राविधीक सहायक अधिकारीले योजनाको कार्य सम्पन्न प्रतिवेदन तयार पारेका हुन् । उनले बनाएको प्रतिवेदनमा कुल रु ५ लाख ८१ हजार २ सय ६८ को लागतमा कार्य सम्पन्न भएको प्रमाणित गरेका छन् । २०७५ असार १५ गते वडाले गरेको सिफारिस पत्रमा ‘आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न भएको डुबुवा पम्पसेट खरिद निर्माण योजना नं. ८ प्राविधिक स्टमेट अनुसार कार्यसम्पन्न भई प्राविधिक मुल्याङ्कन समेत भएको हुँदा, उक्त योजना मिती २०७४ चैत्र १५ गते सुनकोशी गाउँपालिका मुलखर्कमा सम्झौता गरी प्रथम किस्ता रकम निकासा भईसकेको र अन्तिम किस्ता रकम रु ३ लाख ३५ हजार निकासा गरिदिनुहुन आवश्यक विल भरपाई, डोरहाजिरी फारम, प्राविधिक मुल्याङ्कन, साथै उपभोक्ता समितीको निर्णय र योजना स्थलको फोटो संलग्न राखी सिफारिस गरिएको छ ।’ भनि उल्लेख गरेको छ ।

यस्तो छ,माझि समुदायको अवस्था
सुनकोशी गाउँपालिका वाड नं. १ का माझिहरुलाई खानेपानीको समस्या छ । नौ वर्ष देखी सुनकोशी नदीको पानी खाईरहेका छन् । हिउँदमा नदि संलिए पनी वर्खाको समयमा उनिहरु धमिलै पानी पिउछन् । वर्खामा नदिको पानी अलि बढी दुषित संगै दुरगन्धित हुने गरेको नदिको धमिलो पानी गाग्ग्रीमा भर्दे गरेकी माईती माझिले बताईन् । “पहिले पहिले त हामिलाई पानीले रोग लाग्थो” फिस्स हास्दै उनी भन्छिन “अबत पचि सक्यो ।” शुद्ध खानेपानी खान पाए हुन्थ्यो जस्तो लाग्दैन भन्ने हाम्रो प्रश्नमा उनले भनिन् “मन लाग्छ नी कसले ल्याई दिन्छ ? हामी गरिव लाई कस्ले हेर्छ ? आफैले ल्याउन हामी संग पैसा छैन ।” कुरा गर्देजादा पानी कति फोहोर छ भनी माईतीले भरेको गाग्ग्रीमा तैरीएको बालुवा र धमिलो माटोको कणहरुले प्रष्ट्याथ्यो । सुनकोशीको धमिलो पानी पिउनु ६० वर्ष कटेकी माईतीको मात्र बाध्यता होईन । डेबुवामा रहेका सातै घरका माझिहरुको बाध्यता हो । उनीहरु खानेपानिको वैकल्पीक श्रोतको व्यवस्था नभएका कारण सुनकोशीको धमिलो पानी पिउछन् । ढेबुवामा मात्र सात घर माझि समुदायको बसोवास छ । महिला, पुरुष, वृद्धवृद्धा र युवा बालवालिका गरि ६२ जनसंख्या छ । प्रसस्त खेतीबारी छैन अर्काको जग्गा कजाउँछन् । यहाँका अधिकांश पुरुषहरु दैनिक ज्याला मजदुरी गर्छन् ।

गाउँपालिका प्रमुख भन्छन, मेसिन जडान बाहेक अरु काम भयो
सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले ढेबुवाका माझी समुदायको धमिलो पानी पिउनुपर्ने बाध्यता अन्त्य गर्नका लागी पम्पींग प्रविधि जडान गर्ने योजना पारिएको र प्राविधिक स्टिेमेट अनुसारनै काम भएको दावी गरेका छन् । ‘सामान खरिद गरि सकिएको रहेछ अब जडानको काम बाँकी छ ।’ उनले भने ‘जडानका लागि दक्ष जनशक्ति काठमाण्डौबाट ल्याउनुपर्ने भएकाले केही समय लागेको हो, केही दिन भित्रै यो काम भईसक्छ मईले निर्देशन दिईसकेको छु ।’ उपभोक्ता समितिले समान गरिद गरि काम सम्पन्न गरिसकेको प्रतिवेदन बुझाएपछी योजनाको सम्पुर्ण रकम निकासा गरेको प्रमुख अधिकारीको तर्क छ । ‘यस्ता विषयमा म एक दमै सचेत छु ।’ उनले भने ‘अनियमितता भएको छैन, मेसिन जडानको काम मात्रै बाँकी हो, सामान आईसकेपछी बाँकी काम सक्ने सर्तमा रकम निकासा दिईएको हो ।’

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen