- पूर्णप्रसाद न्याैपाने

सोलुखुम्बुमा एक साता अघि हिमतालमा ढुबेर बेपत्ता भएका विद्यार्थीको खोजी कार्य असफल भएको छ । साउन १९ गते शनिवार शैक्षिक भ्रमणमा गएका खुम्जुङ माविका तीन जना विद्यार्थी गोकियो तालमा पौडि खेल्ने क्रममा बेपता भएका थिए । विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनको शसस्त्र प्रहरी बलको गोताखोर टोलीले तीन जना मध्ये १ जनाको शव फेला पारेपनि अन्य २ जनाको अवस्था पत्ता लाउन नसकेको हो । गोताखोर टोलीले बुधबार १६ वर्षिय पेम्बा नोर्बु शेर्पाको शव भेटाएको थियो । बेपत्ता मध्ये सुनिल बराईली र पेम्बादोर्जी शेर्पाको अवस्था पत्ता लाग्न सकेको छैन ।


फर्कियो गोताखोर टोली
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको गोकियो तालमा ढुबेर बेपत्ता भएका विद्यार्थिको खोजीमा आएको गोताखोरको टोलि फर्किएको छ । गोकियो तालको पानीको भिजिविलिटि कम भएको र मौसम पनि खराब भएकाले उद्धार गर्न कठिनाइ भएका कारण गोताखोर टोली फर्किएको सोलुखुम्बु प्रहरी प्रमुख शालिकराम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आईतबार (आज) गोताखोरको टोली सोलुखुम्बुबाट फर्किरहेको हो ।
विद्यार्थी हिमतालमा डुबेपछि शिक्षक बर्खास्त
विद्यार्थी बेपत्ता भएपछि खुम्जुङ माविले शैक्षिक भ्रमणको नेतृत्व गर्ने दुई जना शिक्षकलाई बर्खास्त गरेको छ । विद्यार्थीलाई शैक्षिक भ्रमणमा लगेको तर राम्रो ख्याल नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गरेर शिक्षकहरु छुम्जीङ दोर्जे शेर्पा र रन्जीत बललाई विद्यालयबाट निष्काशन गरेको जनाईएको छ ।
साउन १८ गते शैक्षिक भ्रमणमा जाने भन्दै घरबाट निष्किएका विद्यार्थीहरु मध्ये तीन जना १९ गते शनिवार गोकियो तालमा पौडिखेल्नेक्रममा बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen