- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले मातृ तथा बाल मृत्युदरलाई घटाउन एक वडा एक बर्थिङ सेन्टर अभियान थालेको छ । आफ्नो गाउँपालिका भित्रका महिलाहरुलाई गर्भअवस्थामा आईपर्ने समस्यालाई मध्यनजर गर्दै पालिकाले एक वडा एक बर्थिङ सेन्टरको अभियान थालनी गरेको हो ।

समयमा उपचार नपाएकै कारण गर्भवती महिला तथा नवजात शिशुले अकालमै ज्यान गुमानुपर्ने बाध्यताको अन्त्य गर्न सबै वडामा दक्ष स्वास्थ्यकर्मी सहितको प्रसुती गृह स्थापना गर्ने निर्णय गरिएको चम्पादेवी गाँउपालिका अध्यक्ष नवराज केसीले बताए । ‘पहिलो कुरा त चेतनाको अभाव छ दोस्रो कुरा प्रसुती गराउन टाढा लैजानुपर्ने अवस्था छ’ अध्यक्ष केसीले भने‘यो समस्या अन्त्य गर्न सबै वडा वडामा तालिम प्राप्त स्वास्थ्यकर्मी र आधारभुत सुविधा सहितको प्रसुती गृह स्थापना गर्ने काम सुरु भईसकेको छ ।’ अध्यक्ष केसीका अनुसार गाउँपालिकाको फुलबारी, बिलन्दु, पलापु र कालीका लगायतका स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याईएको छ ।

स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सँगसँगै

चम्पादेवीका १० वटा वडा मध्ये चार वटा वडामा स्वास्थ्य संस्था नै छैनन् । ति वडाहरुमा पनि स्वास्थ्य केन्द्र स्थापनाको काम भैरहेको अध्यक्ष केसीले दावी गरे । ‘संघियता पछिको नयाँ संरचना व्यवस्थापन गर्ने काम भईरहेकै छ, स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य चौकी सँगै प्रसुती गृह पनि सञ्चालनमा आउँछ,काम अन्तिम चरणमा छ ।’ दशैं अगावै सबै वडामा बर्थिङ सेन्टर सहितको स्वास्थ्य सेवा सुचारु गरिने अध्यक्ष केसीको भनाई छ ।

बर्थिङ सेन्टर स्थापनाका लागि ५ लाख

वडा वडामा बर्थिङ सेन्टर स्थापनाका लागी गाउँपालिकाले प्रत्येक वडालाई ५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाको चालु आवको गाउँसभाले मातृ तथा बाल मृत्युदरलाई घटाउन स्वास्थ्य शिर्षकलाई बिशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाएर काम गर्ने गरि बजेट विनियोजन गरेको हो ।

बर्थिङ सेन्टरका लागि डेलिभरी बेड र अटोल्केभ उपकरण मेसिन लगायतको आवश्यक पर्दछ । दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण तथा गाउँमा प्रसुती गृहको अभावमा दुर्गमका गर्भवती महिला र नवजात शिशु अकालमै ज्यान गुमाउन बाध्य छन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen