- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा ‘नगरको विकासमा युवाको भूमिका’ विषयक बत्तृत्वकला सम्पन्न भएको छ । जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकाको आयोजनामा आईतबार बत्तृत्वकला सम्पन्न भएको हो ।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले ‘नगरको विकासमा युवाको भूमिका’ भन्ने विषयमा केन्द्रित भएर आफ्नो धारणा राखेका थिए । सबै क्षेत्र र सबै वर्गलाई स्थानीय सरकारको महसुस् गराएर सबैको सल्लाह सुझाव र सहकार्यमा अघि बढ्ने निति अनुसार कार्यक्रम गरेर युवाहरुलाई नगरको विकासका बारेमा धारणा राख्ने माध्यम बनाउन कार्यक्रम आयोजना गरिएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङले बताईन् । युवाहरुको जागरुकता र सहासले मात्रै समृद्धि सम्भव हुने भन्दै उपप्रमुख गुरुङले नगरको विकासका लागि रचनात्मक बन्न आग्रह पनि गरिन् ।


प्रतियोगीतामा ओखलढुंगा क्याम्पसकी अन्जुदेवी दाहाल प्रथम, ओखलढुंगा क्याम्पसकै जीवन खत्री द्धितिय र उमा कटवाल क्याम्पस निशंखेका रुपक थापामगर तृतीय र रुम्जाटार क्याम्पसकी ममता दाहाल सान्त्वना भएका छन् । उत्कृष्ट प्रतियोगीलाई उपप्रमुख गुरुङ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा लगायतले प्रोत्साहन स्वरुप नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen