- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका एक व्यक्तिले ६५ वर्षमा नागरिकता पाएका छन् । वडा अध्यक्ष गोविन्दराम तामाङको पहलमा स्थानीय रत्न बहादुर तामाङले विहिबार नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।

वि.सं. २०१० साल साउन १३ गते जन्मिएका तामाङका बुबा रामबहादुर तामाङको २०१८ सालमा मृत्यु भएको थियो । बुबाले पनि नागरिकता नबनाएको र सहयोग गर्ने पनि आफन्त कोही नहुँदा नागरिकता बनाउन पाएका थिएनन् ।

दुवै कान सुन्न नसक्ने तामाङ अपाङ्ग भएपनि नागरिकता नहुँदा राज्यले दिने सेवाबाट बञ्चित थिए । ‘वडा अध्यक्षले धेरै ठाँउ गएर कुरा गरेर नागरिकता बनाईदिनु भयो आज धेरै खुसी लागेको छ ।’ नागरिकता पाएपछि खुसी व्यक्त गर्दै तामाङले भने ‘नागरिकता थिएन, भोट दिन पाइँन् । अब परिचय पत्र बनाउन र भोट हाल्न मन छ ।’ ६५ वर्षिय तामाङलाई वडा अध्यक्षको पहलमा प्रहरी सर्जिमीन मुचुल्का उठाएर प्रशासनले नागरिकता दिएको हो ।

उनलाई अपाङ्गता परिचय पत्र बनाउन र राज्यले दिने सुविधा उपलब्ध गराउन पहल गर्ने वडा अध्यक्ष गोविन्दराम तामाङले बताए । ‘सेवाबाट बञ्चित थुप्रै नागरिकहरु छन् उनिहरुको सेवामा हामी समर्पित छौं ।’ तामाङले भने ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen