- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा पुनर्निर्माणको आधा काम सकिएको छ । २०७२ बैशाखमा गएको भूकम्पबाट क्षति भएका घरहरुको पुनर्निर्माणको काम आधा भएको हो ।
पुनर्निर्माण प्राधिकरणबाट पहिलो किस्ता लिएका १९ हजार ४ सय ५ मध्ये ९ हजार ७ सय ५६ घर निर्माण सम्पन्न भईसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाका सुचना अधिकारी सुनिता अधिकारीले जानकारी दिईन् । उनका अनुसार पहिचान भएका २१ हजार १ सय ४३ लाभग्राही मध्ये १९ हजार ९ सय ७५ परिवारले अनुदान सम्झौता गरेका थिए ।
अधिकारीका अनुसार ४ सय ६५ लाभग्राहीको अनुदान सम्झौता भएको छैन । उनिहरु कार्यालयको सम्पर्कमा नआएकाले सम्झौता हुन नसकेको हो । ओखलढुंगाका १६ हजार ९ सय ४५ परिवारले दोस्रो र ११ हजार १ सय ८६ परिवारले तेस्रो किस्ता अनुदान बुझेका छन् ।


आंशिक क्षती भएर प्रवलीकरणमा परेका २ हजार ८ सय ६२ लाभग्राही मध्ये १ हजार १ सय ७४ परिवारले अनुदान सम्झौता गरेका छन् । उनिहरु मध्ये १ हजार १ सय ४४ ले प्रथम किस्ता रकम बुझिसकेका छन् । तर प्राधिकरणले प्रवलीकरणको मापदण्द सार्वजनिक नगर्दा मर्मत हुनुपर्ने भनिएका घरहरु मर्मत हुन सकेका छैनन् ।
भूकम्प प्रभावित १४ जिल्ला मध्ये ओखलढुंगा पुनर्निर्माणमा बढी प्रगति भएको जिल्ला हो । ओखलढुंगामा प्राधिकरण, स्थानीय सरकार, गैरसरकारी निकाय सहितका सबैको ध्यान पुनर्निर्माणमा केन्द्रित छ । तालिम दिईएर २ हजार ५ सय १९ जना दक्ष मिस्त्री उत्पादन गरिएको छ । उनिहरुले सरकारी मापदण्ड अनुसारका घरहरु निर्माण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen