- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको सरुवा भएको छ । प्रजिअ पन्तलाई गृह मन्त्रालयले ओखलढुंगाबाट चितवन सरुवा गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर ओखलढुंगा आएपछि २०७४ भाद्र १ गतेबाट जनपक्षीय प्रशासकको भूमिका निर्वाह गर्दै आएका प्रजिअ पन्तको बुधबार सरुवा भएको हो । पन्तले जिल्लामा निकै सकृयताका साथ शान्ति सुरक्षा र सार्वजनिक सेवा प्रवाहमा जोड दिएका थिए ।
संघ र प्रदेशको निर्वाचन सफल बनाउन निकै सकृय भएर लागि परेका पन्तले कार्यालय व्यवस्थापनमा निकै सुधार गरेका छन् । पजिअ पन्तले आवाज सहितको वडा पत्र, नागरिक सहायता कक्ष, तालिम तथा बैठक हल र प्रतिक्षालय देखि सेवाग्राहीका लागि टेलिभिजन हेर्ने र बालबालिकालाई राख्ने ठाउँ मात्रै बनाएनन् सेवाग्राहीको सहजताका लागि प्रशासन भित्रै स्तनपान कक्षको समेत व्यवस्था गरे । जनताको काममा सहज र सरलढंगले गर्न मातहतलाई कडा रुपमा निर्देशन दिने पन्तले सिद्धिचरण नगरको सरसफाईमा सुरक्षाकर्मी र सरोकारवालाको साथद लिँदै नागरिक सहभागिता बढाउन पनि निकै प्रयास गरेका थिए । पन्तको कार्यकालमा ओखलढुंगामा थुप्रै नयाँ र उपलब्धिमुलक कामहरु भएका छन् ।

उनले प्रजिअको जिम्मेवारी लिएर ओखलढुंगा आए लगतै गरेको पत्रकार सम्मेलनमा के भनेका थिए हेर्नुहोस् यो लिङ्क भित्र >  http://visionfm.org/2017/08/24/सम्बृद्ध-ओखलढुंगा-बनाउन/

पन्तको चितवन सरुवा भए लगतै ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी भएर गृह मन्त्रालयबाट मुनका न्यौपाने आउने भएका छन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen