ओखलढुंगा- ओखलढुंगामा भिजन टेलिभिजनले प्रसारण शुभारम्भ गरेको छ । भिजन नेपाल मिडिया ग्रुुपले टेलिभिजन सञ्चालन गरेको हो । भिजन एफएम र भिजन नेपाल साप्ताहिक पत्रिका www.visionfm.org अनलाईन सञ्चालन गरिरहेको भिजन टिमले प्रसारण सुरु गरेको छ । अनलाईन मार्फत प्रसारण हुने भिजन टेलिभिजनको सांसद यज्ञराज सुनुवारले प्रशारण शुभारम्भ भएको घोषणा गर्दै पानसमा वत्ती बालेर उद्घाटन गरेका हुन् ।

अहिले सुरुमा अनलाईन मार्फत हेर्न सकिने भिजन टेलिभिजनले भविष्यमा सञ्चारको विकासमा अर्को आयाम थप्ने भिजनका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । केही समयमा लोकल केवलबाट प्रसारण गर्ने र प्रशारण क्षमता बढाएर व्यवस्थित टेलिभिजन सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।

भिजन टेलिभिजनकाे प्रसारण सामाग्रीहरु हेर्न याे लिङ्कमा जानुहाेस् :- https://www.youtube.com/channel/UCxJ-sxsnqcJ40du_YN2e_6w
ओखलढुंगामा भिजनले एफएम रेडियो, साप्ताहिक पत्रिका,अनलाईन र अनलाईन टेलिभिजन सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen