- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले भिजन नेपाल साप्ताहिकका प्रधान सम्पादक पूर्णप्रसाद न्यौपाने र भिजन एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठ सहितका पत्रकारलाई सम्मान गरेको छ । पत्रकारीताका माध्यमबाट समाज रुपान्तरणमा खेलेको भूमिकाको चर्चा गर्दै नगरपालिकाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई नगद दश हजार सहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा न्यौपाने र श्रेष्ठ सहित कान्तिपुर दैनिकका उप सम्पादक कुम्भराज राई, अन्नपूर्ण पोष्टका संवाददाता शिव ढुंगाना, ओखलढुंगान्यूज अनलाईनका सञ्चालक बोधनारायण श्रेष्ठ लगायतका रहेका छन् ।


दुर्गममा रहेर पत्रकारीताका माध्यमबाट सामाजिक अभियानहरु सफल पार्न र सिद्धिचरण नगरपालिकाको समृद्धिका लागि समेत सहयोग गर्ने पत्रकारहरुलाई सम्मान गरिएको सिद्धिचरणका मेयर मोहन कुमार श्रेष्ठले बताए । सम्मानित भएपछि पत्रकारहरुले राखेको सुझाव ग्रहण गर्दै मेयर श्रेष्ठले आगामी वर्षदेखि पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने प्रतिवद्धता जनाए ।


जिल्लाको सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकाले पत्रकारका लागि सम्मान र सहयोगका कार्यक्रम ल्याएका छन् । यस अघि सुनकोशी गाउँपालिकाले पनि दर्जन बढि जिल्लामा क्रियाशिल पत्रकारलाई सम्मान गरेको थियो ।

भिजनकर्मी न्याैपाने याे एक महिनामा तीन पटक सम्मानित भएका छन् । सिद्धिचरण नगरपालिका,सुनकाेशी गाउँपालिका र वडा कार्यालय कटुञ्जेले न्याैपानेलार्इ असार महिनामा नगद सहित सम्मान गरेकाे हाे ।

 

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen