- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- गायक सचिन राई यतिबेला गीत गाउनमा व्यस्त छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ का सचिन आफु गायन क्षेत्रमा प्रवेश गरेसँगै दर्शकहरुको क्रेज पनि बढदै गएको बताउँछन् । २०६९ सालमा खोटाङ सुगम स्टार बनेका सचिन २०७० सालको नेपाल आईडलमा फस्टरनरप भएका थिए । त्यस यता उनि गायन क्षेत्रमै व्यस्त छन् । ‘खोटाङको एउटा गाउँको सामान्य परिवारमा जन्मीएको म ६ वर्ष यता सांगितिक दुनियामा रमाईरहेको छु ।’ उनि भन्छन् ‘निरञ्तरको अभ्यासले सफलता चुम्न सकिन्छ भन्ने लागेर गाउने कामलाई कहिल्यै छोडिन अहिले निरञ्तर ३ घण्टा भन्दा बढि स्टेजमा मनोरञ्जन दिन सक्छु ।’ सचिनले सुगम स्टार नामक पहिलो एल्बम बजारमा निकालेका थिए । अहिले दोस्रो एल्बम निकाल्न तरखरमा जुटेका छन् ।

गायक राईले बजारमा तिमीलाई देखेपछि प्यार बढ्यो सानु, जुन जस्तो तिम्रो हाँसी रहने बानी, अल्लारे बैंस, अनौठो मायाँ, शंका आशंका, यो बिहानीले बोलाउदैछ, उठ आदिवासी उठ मुलबासी लगायत दर्जनौ गीत बजारमा ल्याएका छन् ।
बाम्राङको चिहानघारी देखि हङ्कङको यङलुङ सम्म
सचिन कुनै बेला खोटाङको एउटा सामुदायिक रेडियोमा काम गर्थे । आम्दानीको स्रोत न्यून भएको र परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले सदरमुकाममा कोठा लिएर बस्ने सम्भावना थिएन । उनि करिब २ घण्टा भिरपाखा र चियानघारीको उकाली ओराली यात्रा गरेर कार्यालय र घर आवत जावत गर्थे । ‘राती १० बजे रेडियो बन्द गरेर घर फिर्दा डर लाग्थ्यो, अनि ठुलो स्वरमा गीत गाएर चिच्याउँदै दगुर्थेँ । अहिले त गायक पो भएँ गाँठे ……. ।’ विगत सम्झँदै उनि भन्छन् ‘कति ले त सचिन बहुलायो पनि भन्थे । तर त्यहि चिहानघारीमा चिच्याउने केटो सुगम स्टार बन्दै गायन क्षेत्रमा सफल भएपछि सबै छक्क छन् ।’ राजेशपायल राईको पहिचानबाट लोभ्भिएर गायन क्षेत्रमा प्रवेश गरेका सचिन गीत गाएरै गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

नेपालको शिक्षा, स्वास्थ्य, खाद्यन्न, प्राकृतिक स्रोत, माटो, जीवन, खानी र वातावरण लगायतका विषय समेटेर दिपेश ढाकाले लेखेको ३३ मिनेट ४९ सेकेण्डको गित गाएर उनले गिनिज बुकमा नाम लेखाएका हुन् । युवा पुस्ताका शब्दलाई संगितमा उतारेर स्वर भर्न प्रखर गायक सचिन यतिबेला देश विदेशमा गाउन व्यस्त छन् । उनले मलेसिया, हङकङलगायत देशमा आफ्नो प्रस्तुति पटक पटक प्रस्तुत गरिसकेका छन् ।
सांगितीक क्षेत्रको विकृती सरकारले रोक्नुपर्छ
पछिल्लो समय सांगितीक क्षेत्रमा बढेको विकृती रोक्न सरकारले चासो दिनुपर्ने सचिन बताउँछन् । ‘नेपालमा धन खर्चेर चर्चा कमाउने र मेहनत गरेर सफलता चुम्न खोज्ने बिचको प्रतिस्पर्धा छ । पैसा खर्चेर एकै पटक चर्चामा आउने केही साथीहरुले यो क्षेत्रलाई नै विकृत बनाईरहनु भएको छ, यो रोक्न सरकाले ध्यान दिनुपर्छ ।’ सचिन भन्छन् ‘हाम्रा हरेक गीत संगितमा नेपाली पन झल्किनु पर्छ । पहिले जस्तै रेडियो नेपालमा स्वर परिक्षण पास गरेपछि मात्रै गायनमा प्रवेश गर्न पाउने व्यवस्था भए विकृती रोक्न सेकेण्ड समय लाग्दैन ।’ सरकारले संगित रोयल्टी, सिआरविटि, पिआविटी जस्ता कार्यक्रम माफर्त कालाकारको कलालाई सम्मान र सहयोग गर्नुपर्ने उनको माग छ ।


सिद्धिचरणको भूमि तताउँदै सचिन
गायक सचिन यतिबेला युगकवि सिद्धिचरणको जन्मभूमि ओखलढुंगामा छन् । जारी भिजन आईडलमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्न सचिन ओखलढुंगा आएका हुन् । सचिनले भिजन आईडलको अडिसन र राउण्डमा सहभागि २ सय ५२ जना प्रतिस्पर्धीलाई गायन क्षेत्रको ज्ञान दिँदै दर्शकलाई मनोरञ्जन दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen