- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । विहिबार एक कार्यक्रमका बिच सुनकोशीले जिल्लामा क्रियाशिल एक दर्जन पत्रकार, उत्कृष्ट निजामती कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो ।

भिजन नेपालका अध्यक्ष पत्रकार पूर्णप्रसाद न्यौपाने सहित जिल्लामा सकृय सञ्चारकर्मीहरु सम्मानित भएका हुन् । पत्रकारीताका माध्यमबाट समाज रुपान्तरणमा खेलेको भूमिकाको चर्चा गर्दै थप हौसला बढाउने उद्धेश्यले पत्रकारहरुलाई नगद सहित दोसल्ला ओेडाएर सम्मान गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । अध्यक्ष अधिकारीले सञ्चारमाध्यमका कारण समुदायको चेतनास्तरवृद्धिमा टेपा पुगेको भन्दै सञ्चारकर्मीको कामको प्रशंसा गरे । ‘आफ्नो आएर राज्यको काम गर्ने एक मात्रै क्षेत्र हो पत्रकारीता त्यसैले पत्रकारहरुको हौसलाका लागि सम्मान र सहयोग गरिएको हो ।’ उनले भने ‘सुचनाको कमीका कारण पनि गरिबी बढ्दो छ यो समस्या समाधानका लागि सञ्चार र सुनकोशी बिचको सहकार्यलाई निरञ्तरता दिईने छ ।’ सुनकोशीको स्थानीय सरकारले राम्रो कामका लागि सबैलाई प्रोत्साहन गर्ने र उत्कृष्टलाई पुरस्कृत र खराबलाई दण्डित गर्ने निति ल्याएको अध्यक्ष अधिकारीले सुनाए ।
सुनकोशीले सञ्चारका क्षेत्रबाट समृद्धिका लागि योगदान पु¥याएको भन्दै भिजन नेपाललाई विशेष सम्मान गरेको छ ।

भिजनले सुनकोशीको बलखु स्थित भिरगाउँमा खानेपानीको अभाव रहेको, सिस्नेरी दोभानका माझि बस्तिका नागरिकले धमिलो पानी पिउन बाध्य भएको, सुनकोशीले निर्माण गरेको निति कार्यक्रम र सञ्चालन गरेका योजना सहित जनप्रतिनिधिका रचनाच्मक कामको प्रशंसा र कमजोरीको खबरदारी गर्ने विषयलाई प्राथमिकता दिएर सहयोग गरेको भन्दै भिजनलाई नगद सहित सम्मान गरेको अध्यक्ष अधिकारीको भनाई थियो ।
सम्मानित हुने पत्रकारहरुमा कुम्भराज राई, शिव ढुंगाना, बोध नारायण श्रेष्ठ, रामहरि श्रेष्ठ, जीवन शर्मा, राजकुमार कार्की, मेघहरी आचार्य, नबराज कार्की र लिला सुनुवार लगायतका छन् ।
उत्कृष्ट कर्मचारी पनि सम्मानित
गाउँपालिकामा रहेर निरन्तर जनपक्षियसेवा प्रवाह गरेको भन्दै कर्मचारीहरु मध्ये उत्कृष्ट घोषणा गर्दै कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । निजामती कर्मचारी महिला तर्फ गाउँपालिकाका योजना प्रमुख एवम् नासु दुर्गा खड्का र पुरुष तर्फ दिलिप कुमार मगरलाई नगद १५ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
त्यस्तै उत्कृष्ट पुरुष शिक्षक खिलानाथ बराल, उत्कृष्ट महिला शिक्षक सानुदेवी श्रेष्ठ, उत्कृष्ट पुरुष स्वास्थयकर्मी पदम बहादुर खड्का, उत्कृष्ट महिला स्वास्थ्यकर्मी पुष्पा सारुलाई पनि नगद १५ हजार सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।
राम्रोकाम गर्नेलाइ थप प्रोत्साहन गरेर समृद्धिको यात्रामा हात्तेमालो बढाउन सम्मान र पुरस्कारको अभियानलाई जोड दिईएको उपाध्यक्ष दुर्गाकुमारी तामाङले बताईन् । पुरस्कार तथा सम्मान ग्रहण पश्चात पुरस्कृत हुनेहरुले आगामी दिनहरुमा थप क्रियाशील हुने उत्प्रेरणा जागेको बताएका थिए ।


यसअघि सुनकोशी गाउँपालिकाले पालिका भित्रका सबै दश वटै वडाका महिला स्वास्थ्य स्वयंसेवीका, अपाङ,वृद्धवृद्धा लगायतलाई नगद सहित सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen