- भिजन समाचार

ओखलढुगा-  ओखलढुगामा जारी भिजन आईडलमा उत्कृष्ट दश छनौट भएका छन् । अडिसनमा सहभागि २ सय ५२ जनाबाट छनौट भएका ९९ जना मध्येको प्रतिस्पर्धाबाट टप टेन अर्थात उत्कृष्ट दश छानिएका हुन् ।

सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपालको आयोजनामा सञ्चालन भईरहेको भिजन आईडलका विभिन्न राउण्ड पार गरेर उत्कृष्ट दश छानिएका हुन् । उत्कृष्ट दशमा पर्नेहरुमा खोटाङको दिप्रुङकी प्रवृती राई, मानेभञ्ज्याङ गाउँपालिकाका विशु राई, नरेन्द्र राई, जितेन्द्र दियाली र मनोज कुमार राई, चिशंखुगढीका प्रकाश वि.क, सुनकोशीका सरीता तामाङ र प्रशान्त तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका सुजन राई र सुनशेर चाम्लीङ छानिएका छन् । छानीएका टप टेनले साउन २ मा हुने फाईनलमा प्रतिस्पर्धा गर्नेछन् ।
भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।

भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen