- भिजन समाचार

ओखलढुगा- ओखलढुगामा जारी भिजन आईडलको विशेष प्रस्तुती मानेभञ्ज्याङ बजारमा हुने भएको छ । २८ गते विहिबार मानेभञ्ज्याङ बजारमा भिजन आईडलका प्रतिस्पर्धिले प्रतिभा देखाउने भएका हुन् ।
अडिसनमा सहभागि २ सय ५२ जनाबाट छनौट भएका ९९ जना मध्येको प्रतिस्पर्धाबाट टप ट्वान्टी हुँदै टप सिक्स्टीन छानिएका छन् । विहिबार उनिहरुले मानेभञज्याङमा प्रतिस्पर्धात्मक सहितको रोमान्चक प्रस्तुती दिनेछन् । मानेभञ्ज्याङको प्रस्तुतीका आधारमा उत्कृष्ट दश (टप–टेन) छानिने छन् ।


भिजन नेपालको आयोजनामा हुने आईडलको विशेष कार्यक्रमलाई स्थानीय मानेभञ्ज्याङ युवा क्लवले संयोजन गर्नेछ । कार्यक्रममा उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ ।
स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले ओखलढुंगामा गतवर्षबाट भिजन आईडल सुरु भएको आईडलको यसवर्ष सिजन २ भईरहेको छ । आयोजकका अनुसार ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।
भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen