- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको समिक्षा सहित आगामी आर्थिक वर्षको बजेट र निति तथा कार्यक्रम सार्वजनिक गर्दै सोमबार गाउँसभा सकिएको हो ।

 

सभामा बोल्दै गाउँपालिका अध्यक्ष मणिराज राईले चालु आवको बजेट र योजना कार्यान्वयनमा सतप्रतिसत सफल भएको दावी गरे । सबै वडाका केन्द्र र प्रमुख स्थानसम्म सडक निर्माण,स्तरोन्नती र महिला स्वास्थ्य स्वयंसेवीका सम्मान,सुरक्षित मातृत्व कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन,कृषिका क्षेत्रमा सम्भाव्यता अध्यान तथा मल विउ वितरण, प्रविधिको प्रयोगमा जोड,खेलकुद प्रतियोगिता सञ्चालन लगायतका काम सम्पन्न गरिएको र पर्यटन प्रवद्र्धन र विद्युतीकरणका लागि आधारभुत काम सुरु गरिएको अध्यक्ष राईले सुनाए । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्ष सहितका सबै जनप्रतिनिधिले पहिलो वर्ष निकै उपलब्धि मुलक भएको दावी गरे ।

मोलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रम ल्याएको छ भने केही पुरानै कार्यक्रमलाई निरञ्तरता दिने भएको छ । गाउँसभामा आर्थिक वर्ष २०७५–०७६ को बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष हेमकुमारी तामाङले पालिकालाई मासु,दुध र कृषिमा आत्म निर्भर बनाउने सहितका महत्वकांक्षी योजना सहितको बजेट र कार्यक्रम प्रस्तुत गरेकि थिईन् । उपाध्यक्ष तामाङले प्रस्तुत गरेको बजेट र निति तथा कार्यक्रम दफाबार छलफल पछि सर्वसम्मतीले पारित भएको मोलुङ गाउँपालिकाका सुचना प्रविधि अधिकृत गोपाल नेपालले जानकारी दिए ।

मोलुङ गाउँपालिकाको दोस्रो गाउँसभालाई प्रतिनिधि सभा सदस्य सांसद यज्ञराज सुनुवार सहित विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि र सरोकारवालाहरुले सम्बोधन गरेका थिए । गाउँ सभामा बोल्दै सांसद सुनुवारले ओखलढुंगाका सबै गाउँ पालिका र नगरपालिकालाई नमुना बनाउने अभियानमा आफु स्थानीय तहसंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।


सांसद सुनुवारले जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटै वडाहरुमा विकासको लहर ल्याउने गरि प्रतिस्पर्धात्मक काम गर्न स्थानीय सरकारलाई सुझाव दिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen