- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- भूकम्पबाट क्षतिग्रस्त ओखलढुंगाका स्वास्थ्य संस्थाहरुको तीन वर्षपछि पूनर्निमाण गर्न थालिएको छ । २०७२ को भूकम्पपछि जिल्लाका अधिकांश स्वास्थ्य संस्थाले टेण्टमुनीबाट स्वास्थ्य सेवा प्रवाह गरेका थिए । लामो समय पछि सरकारको लगानी र दाताको सहयोगमा भवन निर्माण गरि केही स्वास्थ्य चौकीको सेवा सुरक्षित स्थानबाट दिन थालिएको छ ।


ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीमा युनिसेफको सहयोगमा प्रिफ्याव भवन निर्माण गरिएको छ । उक्त भवनको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरेका छन् । युनिसेफले स्थानीय सरकारलाई भवन हस्तान्तरण गरेसँगै नगरप्रमुख श्रेष्ठले उद्घाटन गरेर सुविधा सम्पन्न सुरक्षित भवनबाट सेवा प्रवाह सुरु भएको घोषणा गरेका हुन् । नगरप्रमुख श्रेष्ठले स्वास्थ्य उपचार सेवा मानिसको आधारभुत आवश्वकता मध्येको अति संवेदनशिल विषय भएकाले नगरपालिकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विशेष निति लिएको बताए । उनले स्वास्थ्य सेवामा गुणस्तरता बढाउन निर्देशन समेत दिए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले लामो समय पालमुनीबाट स्वास्थ्य सेवा दिँदा महिलाहरुलाई सेवा लिन समस्या भएको सुनाउँदै सुविधा सम्पन्न भवन निर्माण पछि सहजता भएको भन्दै खुसी व्यक्त गरिन् । उनले स्वास्थ्य क्षेत्र महिला, वृद्धवृद्धा र बालबालीका मैत्री हुनुपर्नेमा जोड दिईन् । भवन हस्तान्तरण गर्दै युनिसेफ जिल्ला प्रमुख मन्जु महर्जनले युनिसेफले दिने सहयोगलाई निरञ्तरता दिने र थप प्रभावकारी बनाउने पहल भईरहेको बताईन् ।


जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जिल्लामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय सरकारले भूमिका बढाउनुपर्ने सुझाव दिए । सुरक्षित भवन सहित औषधी र कर्मचारीको व्यवस्थापनका लागि कार्यालयले केन्द्रिय,प्रदेश र स्थानीय सरकार सँग समन्वय गरि दातासँग आग्रह गरिरहेको बताए । ओखलढुंगाको स्वास्थ्य सेवा गुनासो रहित बनाउन योजना सहित आफु लागि परेको उनले दावी गरे ।

आधा दर्जन स्वास्थ्य संस्था अझै टेन्टमा
ओखलढुंगामा अझै एक दर्जन भन्दा बढि स्वास्थ्य संस्था टेन्टमा सञ्चालन भईरहेका छन् । सिस्नेरी, फुलबारी, टारकेराबारी, खिजिचण्डेश्वरी, रगनी लगायतका स्थानमा स्वास्थ्य चौकीले अझै टेन्टबाटै स्वास्थ्य सेवा दिईरहेको छन् । 
टेन्ट पनि घाम पानीले मक्किएर प्वाल पर्न थालेकाले सेवा प्रवाहमा समस्या भईरहेको सिस्नेरी स्वास्थ्य चौकीका प्रमुख पदम खड्काले बताउँछन् । ‘टेन्ट मक्कीएकोले ठाउँ ठाउँमा प्वाल परेको छ । वर्षातमा पानी चुहिन्छ ।’ उनी भन्छन् ‘पानी चुहेर कार्यलयको कागज पत्र धेरै पटक भिजेको छ । औषधी र सामाग्री सुरक्षा गर्न गाह्रो भयो । पानी पर्दा भल भित्रै पस्छ ।’ टेन्टबाट सञ्चालन भईरहेका स्वास्थ्य संस्थामा ठाउँ अभावले कार्यालय आर्थिक, प्राविधिक, प्रशासनिक र विरामी जाच्ने काम एउटै कोठाबाट हुने गरेको छ । ‘छुट्टै ठाउँको अभावले विरामीले हामीलाई आफ्नो समस्या खुलेर भन्दैनन् । बाहिर बोलाएर एकान्तमा आफ्नो समस्या सुनाउछन्’ प्रमुख खड्काले सुनाए ।
टेन्टमा ससञ्चालन भईरहेका स्वास्थ्य संस्था मध्ये केही संस्थाका भवन निर्माण सुरु गरिएको छ । भने केही स्वास्थ्य संस्था अझै अन्यौलमै छन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen