- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- समयमै उपचार नपाएकै कारण ओखलढुंगामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । अत्यधिक रक्तस्राव भएपछि समयमै उपचार नपाउँदा खिजिदेम्बा गाउपालिका ९ पात्ले घुन्साकी २१ बर्षिय छोटिन शेर्पाको मृत्यु भएको हो ।

आईतबार बिहान घरमै छोरी जन्माएकी शेर्पाको साल अड्किएर लगातार रक्तस्राव भएको थियो । बर्षाको समयमा निरन्तर पानी परिरहेको र अस्पताल समेत टाढा भएको भन्दै उपचारमा नलगेपछि उनको घरैमा मृत्यु भएको हो । उनले जन्म दिएको शिशुको अवस्था भने सामान्य रहेको स्वयसेवीका आङफुर्लु शेर्पाले बताईन् ।
खिजिदेम्बा गाउँपालिकाको पात्ले घुन्साबाट खिजिफलाटे स्वाथ्यचौकी पुग्न ४ घन्टाको पैदल यात्रा गर्नु पर्दछ । यातायातको असुविधाका कारण समयमा अस्पताल पु¥यान नसकिएको शेर्पाको पारिवारिक स्रोत बताउँछ ।
ओखलढुंगाको ग्रामीण क्षेत्रका महिलाहरु समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउन बाध्य छन् ।
खिजीदेम्बामा वर्षेनी मातृशिशु मृत्युदरका समस्या देखिएपनि स्थानीय सरकारले भने कुनै ठोस योजना बनाएको छैन ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen