- भिजन समाचार

ओखलढुंगा-  ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । नगरपालिका क्षेत्र भित्रका बालबालिकाले सबै खोप लगाईसकेको सुनिश्चित भए पश्चात एक कार्यक्रमका बिच पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
सिद्धिचरण नगरपालिका स्वास्थ्य सेवा शाखाले आयोजना गरेको घोषणा सभालाई सम्बोधन गर्दै नगर प्रमुख मोहन कुमार श्रेष्ठले पूर्णखोप सुनिश्चितता घोषणालाई कार्यान्वयन गरिने बताए । पछि जन्मने शिशुले समेत सबै खोप पाउने आधारहरु सुनिश्चित गरिएको दावी गरे । नगरप्रमुख श्रेष्ठले तीन ‘स’ लाई स्मरण गराउदै भने, ‘समन्वय, सहमती र सहकार्यका साथ अघि बढे असम्भावना भन्ने केही हुन्न । नगरपालिकालाई अझ अगाडी बढाउन सबै मिलेर अघि बढौं ।’ नगरको समृद्धिका लागि विभिन्न क्षेत्रसँगको सहकार्य लाई जोेड दिने निती लिएको उनले सुनाए ।


सिद्धिचरण नगरपालिकाको १२ वटै वडामा १५ महिना मुनिका शिशुको संख्या ४ सय ६३ र १६ देखी २३ महिना सम्मका शिशुको संख्या ३ सय १९ छ । खोप लगाउनुपर्ने उमेरका सबैलाई खोपको मात्रा पुरा गरिसकेको सिद्धिचरण नगरपालिकाका स्वास्थ्य ईकाई प्रमुख आईत राईको भनाई छ ।

सिद्धिचरण नगरपालिका सहित ओखलढुंगा जिल्लाका आठओटै स्थानीय तहका बालबासलकाले पूर्णखोप पाईसकेको सकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । स्थानीय तहका स्वास्थ्य कार्यालयहरुले आफ्नो क्षेत्रका कुनै पनि बालबालिका खोप पाउनबाट नछुटेको रिपोर्ट पेश गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पुष्पराज पन्तले बताए । कार्यालयले गरेको अनुगमनका क्रममा पनि कुनै बालबालिका खोप पाउनबाट नछुटेको पाईएकोले जिल्लालाई नै पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी भईरहेको जानकारी दिए ।
दुईवर्ष अगाडी मात्रै ओखलढुंगालाई खोप सुनिश्चितता उन्मुख जिल्ला घोषणा गरिएको थियो । पूर्णखोप उन्मुख जिल्ला घोषणा गरिएको करिब दुई वर्षपछि यही असार ३१ गते ओखलढुंगा जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी भईरहेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen