ओखलढुगा- ओखलढुगामा जारी भिजन आईडलमा उत्कृष्ट बीस छनौट भएका छन् । अडिसनमा सहभागि २ सय ५२ जनाबाट छनौट भएका ९९ जना मध्येको प्रतिस्पर्धाबाट टप ट्वान्टी अर्थात उत्कृष्ट बीस छानिएका हुन् ।

स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले ओखलढुंगामा गतवर्षबाट भिजन आईडल सुरु भएको आईडलको यसवर्ष सिजन २ भईरहेको छ । आयोजकका अनुसार ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपालको आयोजनामा सञ्चालन भईरहेको भिजन आईडलमा स्वदेश गान, सदावहार, लोक, आधुनिक तथा पप लगायतका विद्यागत प्रतिस्पर्धाबाट उत्कृष्ट बीस छानिएका छन् । भिजन आईडलको सिजन २ मा टप ट्वान्टीमा ओखलढुंगाका सिद्धिचरण नगरपालिकाका अविन राई र रञ्जना गुरुङ,मानेभञ्ज्यागं गाउँपालिकाका विशु राई, नरेन्द्र राई,रोहित राई, जितेन्द्र दियाली र मनोज कुमार राई, चिशंखुगढीका प्रकाश वि.क, सुनकोशीका सरीता तामाङ, प्रशान्त तामाङ, सुस्मीता कट्वाल र मोनिका तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका रमेश राई, सुजन राई र सुनशेर चाम्लीङ कटारी नगरपालिकाका कृष्ण राई, खोटाङको रुपाकोटका विनोद भटराई र केदार अनुरागी र प्रवृती राई, हलेसिकी क्युमिला राई छानिएका छन् ।

छानिएका उत्कृष्ट बीसको विशेष प्रस्तुती आज शनिवार अपरान्न ४ बजेबाट जिल्ला समन्वय समितिको सभाहलमा सुरु हुने छ । उनिहरु मध्येबाट आज उत्कृष्ट १७ छनौट गरिने छ । फेरि हुने २ वटा प्रस्तुतीबाट उत्कृष्ट १० छानिने छ । अडिसनको फाईनल साउन २ गते हुनेछ ।

आईडलमा गायक सचिन राई र प्रविण खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । उत्कृष्ट २० लाई २ समुहमा विभाजन गरिएको छ । आज शुक्रबारबाट आईडलका लागि भोटिङ सुरु भएको भएको छ । नेपाल टेलिकमको NTC वा SKY मोवाईल मार्फत भोट गर्न सकिने छ । भोट गर्ने तरिका मोवाईलको म्यासेज बक्समा गएर vfm प्रतिस्पर्धी नम्बर जस्तै  vfm 1 टाईप गरेर ३७७९९ मा पठाउन सकिने आयोजकले जनाएको छ ।

भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।

भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen