- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाका स्थानीयतहले प्रविधिको प्रयोगमा जोड दिन थालेका छन् । सुचना प्रणालीको व्यवस्थापन र सेवा प्रवाहमा गुणस्तरता ल्याउन स्थानीय तहले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका हुन् ।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको ओखलढुंगामा नगर तथा गाँउपालिकाहरुले डिजिटल सुचना बोर्ड तथा सुचनापार्टी जडान गरेर प्रयोगमा ल्याउन थालेका छन् । जिल्लाको मोलुङ गाउँपालिकाले कार्यालयमा डिजिटल सुचनापार्टी जडान गरेर प्रयोगमा ल्याउन थालेको छ ।

गाउँपालिकालाई नमुना बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई जोड दिई डिजिटल सुचनापाटी जडान गरिएको गाउँपालिका अध्यक्ष मणीराज राईको भनाई छ । भौतिक संरचनाको अभाव झेलिरहेको मोलुङ गाउँपालिका प्रविधिको प्रयोगमा निकै अगाडी देखिएको छ ।
डिजिटल सुचनापाटीमा सेवाग्राहीलाई स्वागत गर्दै गाउँपालिकाबाट प्रवाह हुने सेवाबारे प्रष्ट जानकारी हुने सामाग्रीहरु राखिएको छ ।

गाउँपालिकालाई स्मार्ट भिलेज मोलुङको रुपमा विकास गर्ने लक्ष्य सहित प्रविधि मैत्री गाउँपालिका बनाउन लागिएका मोलुङ गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत गोपाल नेपालले बताए । उनका अनुसार गाउँपालिकामा सिसिटिभि यसअघि नै जडान गरिसकिएको छ । गाउँपालिकाले नयाँ आर्थिक बर्षबाट सबै माध्यमिक बिद्यालय तथा स्वास्थ्य संस्थाहरुमा ईलेक्ट्रोनिक हाजिरी मेसिन जडान गर्ने निती लिएको छ । यसअघि गाउँपालिका भित्रका दुई वटा विद्यालय तथा एउटा स्वास्थ्य चौकीमा ईलेक्ट्रोनिक हाजिरी जडान गरेर प्रयोगमा ल्याएको छ ।

ईलेक्ट्रोनिक हाजिरीको अभ्यास जिल्लाको आठ वटै स्थानिय तहले थालनी गर्न थालेका छन् । प्रविधिकाे प्रयाेगमा चिश‌ंखुगढीले जिल्लामा पहिलाे अभ्यास गरेकाे थियाे ।

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकाले डिजीटल सुचना पार्टी प्रयोगमा ल्याएका छन् । प्रविधिको प्रयोगमा अन्य भन्दा खिजीदेम्बा,चम्पादेवी र लिखु निकै पछाडि छन् ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen