- भिजन समाचार

ओखलढुंगा- शनिवार ओखलढुंगामा सरसफाई कार्यक्रम थियो । सबेरै सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, डिएसपी अनन्तराम शर्मा सहितका अगुवा र सुरक्षाकर्मी खाद्य गोदाम अगाडी जम्मा भए र फोहोर टिप्न थाले । मेयर श्रेष्ठ, प्रजिअ पन्त, प्रहरी प्रमुख शर्मा र ठुलो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नपाली सेना र अनुसन्धानका कर्मचारी र केही सरकारी कार्यालय प्रमुख सरसफाईमा सहभागी थिए । बिहान ७ बजेदेखि सरसफाईमा निस्कीएको टोलीले ३ घण्टा लगाएर नगर क्षेत्र सरसफाई गरेर १ ट्रयाक्टर फोहोर निकाल्यो । प्रमुख जिल्ला अधिकारी पन्त निकै सकृय भएर सरसफाईमा जुटेका थिए । उनले जिम्मेवारी लिएर आएको केही समययता अभियानात्मक रुपमै सरसफाईलाई प्राथमिकता दिँदै आएका छन् ।

स्थानीयको सहभागिता न्यून

सुरक्षाकर्मी र सरोकारवालाले घर अगाडीको फोहोर टिप्दैगर्दा सदरमुकाम क्षेत्रका व्यवसायिहरु दर्शक बनेर बसेका थिए । सिद्धिचरणको वडा नम्बर ११ र १२ का अध्यक्ष,उद्योग वाणिज्य संघका अध्यक्ष, पत्रकार र केही स्थानीय मात्रै सहभागी भए । अन्य व्यवसायी र व्यापारी भने फुर्सद नभएको तर्क गर्दै पन्छिएका थिए । कतिपयले त हतारमा घर भित्रको फोहोरको पोको ल्याएर सुरक्षाकर्मीको हातमा दिन समेत भ्याए । सरसफाई सम्बन्धी चेतना जगाउन नगरबासीमा सरसफाई सम्बन्धी चेतनाको कमी देखिएकाले सचेतना बढाउन आफुहरुले कार्यक्रम गरिरहेको नगर प्रमुख मोहन श्रेष्ठले बताए । ‘फोहोर शब्द सानो भएपनि असर ठुलो छ । तर नागरिकमा सरसफाई सम्बन्धी चेतनाको कमी देखियो ।’ उनले भने ‘नगरपालिकाले फोहोर व्यवस्थापनसँगै नागरिकको चेतनाको स्तर बढाउने पनि निति लिएको छ ।’ सबैले आफ्नो घर आँगन सफा राखे फोहोरको प्रदुषण नहुने उनको तर्क थियो ।  सरसफाइका लागि प्रहरीले पटक पटक अाग्रह गरेपनि काेही घरबाहिर निस्कन चाहेनन् । 

प्रहरीको नेतृत्वमा जिल्लाभर सरसफाई

प्रदेश सरकारको सय दिने कार्यक्रम अन्तरगत शनिवार प्रहरीको नेतृत्वमा ओखलढुंगा जिल्लाभर सरसफाई कार्यक्रम सञ्चालन भएको छ । सदरमुकाममा जिल्ला प्रहरी कार्यालय र अन्य मुख्य तथा सहायक व्यापारीक केन्द्रहरुमा त्यस क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुको अगुवाईमा सरसफाई कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । सरसफाईमा नागरिक सहभागीता बढाउने र स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनको भनाई छ । ओखलढुंगाको सदरमुकाम बजार सहित जिल्लाका व्यापारीक केन्द्रहरु रामपुर, मानेभञ्ज्याङ, खिजीफलाटे सहित गाउँपालिकाहरुका केन्द्र क्षेत्रमा जथाभावि फालिएको फोहोरका कारण प्रदुषण बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen