- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको दोस्रो नगरसभालाई प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले सम्बोधन गरेका छन् । जिल्लाको एक मात्र नगरपालिकाको ऐतिहासिक नगरसभालाई मुख्य मन्त्री राईले मंगलबार साँझ सम्बोधन गरेका हुन् ।


नगरसभा लाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले संघीयता विकास र समृद्धिको आधार भएको बताएका छन् । राईले पहिलो अनुभव भएकाले संघीयतामा अलमल जस्तो देखिएपनि संघीयताबाटै गाउँको समृद्धि सम्भव हुने बताए । ‘सबै तहका सरकारले जनताका भावनामा जोडिएर विकास निर्माण र बजेट बनाउनुपर्छ,यसले मात्रै विकास समृद्धिमा नागरिकलाई जोड्न सक्छ ।’ उनले भने ‘डाडु पनिउँ हाम्रा हातमा छ यो बेला वर्तमान पुस्ता खुसी हुने र भावि पुस्ताले पनि चर्चा गर्ने गरि काम गर्नुको विकल्प छैन ।’ जनताका मागसँग जोडिएर नीति, कार्यक्रम र बजेट ल्याउन मुख्य मन्त्री राईले स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । राम्रो काम गर्ने स्थानीय तहलाई पुरस्कृत गर्ने भन्दै मुख्य मन्त्री राईले सिद्धिचरण नगरलाई प्रदेशका अरु नगर भन्दा नमुनाको काम गरेर सफलता चुम्न शुभकामना दिए ।  
राईले जनताको जनादेश नै विकास र समृद्धि भएकाले सरकार अब विकास र समृद्धिको बाटोबाट पछि फर्किन नसक्ने ठोकुवा गरे । उनले स्थिर सरकार नै जनताको माग भएकाले अब सरकार परिवर्तन कहिले हुन्छ भनेर नअलमलिन उनले कर्मचारीहरुलाई आग्रह गरे । मुख्य मन्त्री राईले बहाना बनाएर भष्ट्राचार गर्ने कर्मचारी र जनप्रतिनिधी कसैलाई छुट नभएको चेतावनी दिए । कार्यालय प्रमुखहरुलाई समेत मुख्य मन्त्री राईले विकास र समृद्धिको नागरिकको चाहानालाई पुरा गर्ने काममा जुट्न निर्देशन दिए ।

ओखलढुंगाको विकासलाई प्राथमिकतामा राख्न सांसदहरुको माग

ओखलढुंगाका सांसदहरुले प्रदेश नम्बर १ मा विकासका हिसाबले सबैभन्दा पछि परेको जिल्ला भएकाले ओखलढुंगालाई प्राथमिकतामा राखेर बजेट कार्यक्रम ल्याउन मुख्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 सिद्धिचरण नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले प्रदेश सरकारले ओखलढुंगाका लागि विनियोजन गरेको बजेट र कार्यक्रम पर्याप्त नभएको बताए । उनले माथिल्लो सगरमाथाका तीन जिल्ला सोलु, खोेटाङ र ओखलढुंगालाई पिछडिएको क्षेत्र घोषणा गरेर सोही अनुसार विकासमा जुट्न आग्रह गरे ।
प्रदेश सभा (ख) का सदस्य मोहन खड्काले प्रदेश सरकारले सबै स्थानीय तहहरुलाई सहयोग पुग्नेगरि निति तथा कार्यक्रम ल्याएको बताए । उनले त्यो पर्याप्त नभएको भन्दै आगामी कार्यक्रमहरु विकट क्षेत्रमा केन्द्रित गर्न मुख्य मन्त्री राईको ध्यानाकर्षण गराए । अर्का सांसद अम्बिरबाबु गुुरुङले भने नगरसभालाई केही दिन अघि नै सम्बोधन गरिसकेका थिए । उनले पनि मुख्य मन्त्री राईसँग ओखलढुंगाको विद्युत,खानेपानी र पर्यटनका क्षेत्रलाई प्राथमिकिकरण गरेर काम गर्ने विषयमा कुरा भईरहेको सुनाए ।

सिद्धिचरण नगरपालिकाका मेयर तथा नगरसभाका अध्यक्ष मोहन कुमार श्रेष्ठले आन्तरिक स्रोत कमि भएका कारण काम गर्न समस्या भईरहेको भन्दै अनुदान रकम र विकासमा प्राथमिकता दिन माग गरे । नगरका प्राथमिकता र पहिलो वर्षका कामको नतिजा सुनाउँदै मेयर श्रेष्ठले सिद्धिचरण नगरपालिकाको भवन निर्माणका लागि समेत प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग अघि सारे ।
मेयर र सांसदहरुको ध्यानाकर्षण पछि मुख्य मन्त्री राईले आगामी वर्ष देखि बजेट कनिका छरेझैँ नगरि एकृकित विकासका काम गर्ने प्रतिवद्धता जनाए । प्रदेशका सबै जिल्लाको समानुपातिक विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको समेत मुख्य मन्त्री राईले बताए । नगरसभालाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले जनताको चाहाना र समयको आवश्यकताका आधारमा विकासमा जुट्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen