- भिजन समाचार

ओखलढुंगा-  भिजन नेपाल ओखलढुंगाका अध्यक्ष पत्रकार पूर्णप्रसाद न्यौपाने सम्मानित भएका छन् । विकास र समृद्धिको अभियानमा पत्रकारिताका माध्यमबाट योगदान गरेको भन्दै सुनकोशी गाउँपालिका ९ ले एक भव्य कार्यक्रमका बिच न्यौपानेलाई सम्मान गरेको हो ।
विकास र सुशासनमा निरञ्तर साझेदारी र खबरदारी गरेर स्थानीय तहको कार्यान्वयन पछिका चरणहरुमा अतुलनीय योगदान पु¥याएकोमा प्रशंसा गर्दै प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवार र सुनकोशी ९ का अध्यक्ष झनक कार्कीले नगद र प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।


पत्रकार न्यौपाने जिल्लामा सञ्चालित भिजन एफएमका कार्यकारी निर्देशक, भिजन नेपाल साप्ताहिकका प्रधानसम्पादक तथा नयाँपत्रिका दैनिक र इमेज टेलिभिजनका जिल्ला संवाददाता हुन् । उनले विगत लामो समय देखि विकास र सुशासनका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।


न्यौपानेसँगै गोरखापत्रका संवाददाता मनोज भटराई पनि सम्मानीत भएका छन् । सुनकोशी ९ कटुञ्जेले समुदायको विकासमा योेगदान गर्ने पत्रकार सहितका विभिन्न क्षेत्रका व्यक्ति, राम्रो काम गर्ने कर्मचारी,दुर्गममा सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविका र अनुशासित विद्यार्थीलाई नगद सहित सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen