- भिजन समाचार

ओखलढुंगा-  ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ कटुञ्जेमा बृहत सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी ९ को विकास र समृद्धिका लागि सम्मान तथा सांस्कृतिक कार्यक्रम भन्ने मुल नाराका साथ स्थानीय विकासमा केन्द्रित गरेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।


वडा अध्यक्ष झनककुमार कार्कीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता एवम् प्रदेश सभा सदस्य मोहन खड्काको विशेष आतिथ्यतामा कोषभञ्ज्याङमा आयोजित कार्यक्रममा सरोकारवाला र स्थानीयको बाक्लो उपस्थिती थियो ।


गाउँपालिका स्तरीय वतृत्वकला र लोकगायन प्रतियोगिता समेत आयोजना गरिएको थियो । राष्ट्र निर्माणमा स्थानीय तहको भूमिकाका विषयमा वतृत्वकला र विकास केन्द्रित लोक गायन प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक तहका विद्यार्थिहरु सहभागि थिए । उत्कृष्ट प्रतियोगिहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।


कार्यक्रमकै बिच विभिन्न क्षे त्रबाट समुदायको विकासमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकालहरुले मनोरञ्जन प्रदान गरेका थिए ।


कार्यक्रमका सबैजसो वत्ताहरुले विकास र रुपान्तरणका अभियानहरुमा निरञ्तर लाग्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय नेता र अगुवाले विकासको माग गरेका थिए भने सांसद सहितका जिम्मेवार जनप्रतिनिधिले नागरिकका माग पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।


सुनकोशी ९ कटुञ्जेले समुदायको विकासमा योेगदान गर्ने पत्रकार सहितका विभिन्न क्षेत्रका व्यक्ति, राम्रो काम गर्ने कर्मचारी,दुर्गममा सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविका र अनुशासित विद्यार्थीलाई नगद सहित सम्मान गरेको थियो ।

सुनकोशी ९ ले विकासका लागि नयाँ मार्गबाट सम्भावना खोजेको भन्दै वत्ताहरुले प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen