- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ३ हर्कपुरका भूकम्प्पछिको पहिरोबाट विस्थापित १२ परिवारलाई घर निर्माणका लागि जग्गा खरिद गरेर जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यन्वयन इकाइ ओखलढुंगाले दिगो परियोजनाको सहकार्यमा लाजपूर्जा वितरण गरेको हो ।


केराबारीका विस्थापित १९ मध्ये १२ जनालाई संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, जिल्ला मालपोत अधिकृत कुलप्रसाद दाहाल, गाउँपालिका प्रमुख मणिराज राई लगायतले संयुक्त रुपमा पूर्जा हस्तान्तरण गरेका हुन् । पहिरोबाट विस्थापित परिवारलाई ५ रोपनी जग्गा किनेर पीडितका नाममा रजिष्ट्रशन पास गरेर लालपुर्जा हस्तान्तरण गरिएको इकाइका प्रमुख विजयमुनि बज्राचार्यले बताए । उनका अनुसार ओखलढुंगामा भूकम्प पछिको पहिराबाट विभिन्न १५ ओटा वस्तीका १ सय ४८ परिवार पहिरोको जोखिममा छन् ।

लालपुर्जा हस्तान्तरण गर्दै सांसद सुनुवारले जिल्लाका सबै विस्थापितलाई सक्दो छिटो आफ्नै घरमा बस्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । ‘माथिका सरकारसँग म लड्छु, जनतालाई सहज सेवा समयमै यहाँबाट दिनुस्’ सुनुवारले भने ।

हर्कपुरका विस्थापित परिवारलाई आगामी असोज सम्ममा सुरक्षित स्थानमा सारिने वडा अध्यक्ष राम कार्कीले बताए । कागजी प्रकृया नपुगेका विस्थापीत पनि समेट्र सरकारी अनुदान उपलब्ध गराएर सुरक्षित स्थानमा एकिकृत नमुना बस्ति बसाउने योजना रहेका उनले सुनाए ।
पहिरोबाट विस्थापित भएपनि अन्यत्र ठाउँ नभएपछि जोखिमपूर्ण रुपमा पहिरोमूनि बसोबास गरिरहेका परिवारलाई घर बनाउन जग्गा उपलब्ध हुँदा खुसी भएको जग्गा पाएका भूकम्प पीडित दुधमाया सुनुवारले बताईन् । ‘हामी जोखिममा बसोबास गरिरहेका थियौं, सरकारले घडेरी दिएकोमा खुसी छौं’ सुनुवारले भनिन् ।
मोलुंग गाउँपालिकाको वडा नं. ५ का १० घर पनि पहिरोबाट विस्थापित भएका छन् । उनीहरुलाई पनि जग्गा उपलब्ध गराउने प्रयास भइरहेको छ । जिल्लाका सबै विस्थापितको सुचिमा परेकाहरुको विवरण लिएर आवस निर्माणका लागि सहयोग गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला कार्यन्वयन इकाइका सामाजिक विकास विज्ञ सुनिता अधिकारीको भनाई छ । ओखलढुंगाका विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्न राष्ट्रिय पुनः निर्माण प्राधिकरण र दिगो परियोजनाले संयुक्त रुपमा पहल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen