- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- सनराइज बैंकले ओखलढुंगाको मोलुङ गाउँपालिकामा शाखा बिस्तार गरेको छ । ‘क’ वर्गको मान्यता प्राप्त सनराइज बैंकले आफ्नो ८७ औं शाखा मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चामा बिस्तार गरेको हो ।


शाखाको विहिबार एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोेल्दै सनराइज बैंकका नायव महाप्रबन्धक सर्वेन्द्र मिश्रले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरिएको बताए । शाखाबाट बैंकले ग्राहकहरुलाई दुर्घटना बिमा र उपचार सेवा सहितको थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उनको भनाई थियो ।
पहिलो वर्ष विशेष छुट
बैंकले शाखा स्थापनाको पहिलो वर्ष ग्राहकलाई विभिन्न सेवा निशुल्क उपलब्ध गराउने भएको छ । ‘यो वर्ष ग्राहकहरुलाई निशुल्क खाता खोल्ने र पहिलोवर्ष खाता खोल्नेलाई एटिएम कार्ड फ्रि मा उपलब्ध गराईनेछ ।’ मोलुङ शाखा प्रबन्धक चुडाराज उप्रेतीले भने । सनराइज बैंकले ओखलढुंगाको सदरमुकाममा समेत शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।
हैरानी हटेको भन्दै स्थानीय खुसी
गाउँमै बैंकिङ्ग सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् । सानो कामका लागि पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत समेत रहेका स्थानीय गोपाल नेपालले बताए । ‘एक हजारको चेक साट्न सदरमुकाम पुगेर आउँदा १५ सय खर्च हुन्थ्यो’ नेपालले भने ‘सरकारले सबै आर्थिक कारोबार बैंक मार्फत गर्ने भनिरहेका बेला गाउँमा बैंक स्थापना हुनु यसक्षेत्रका नागरिकका लागि खुसीको कुरा हो ।’ बैंकको शाखा उद्घाटन कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिती थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यज्ञराज सुनुवारले बैंक उद्घाटन गर्दै मोलुङ गाउँपालिकाको समृद्धिका लागि भूमिका खेल्न आग्रह गरे । ‘वास्तवमै सिहँदरबारको अधिकार घरघरमा पुगेको अहिले नागरिकहले महसुस गरिरहेका छन्’ सुनुवारले भने ‘बैंकहरुले आर्थिक कारोबार मार्फत पनि समृद्धिको अभियानमा जनप्रतिनिधिसँग हात्तेमालो गरेर अघि बढ्नुपर्दछ ।’ ओखलढुंगाका सबै गाउँपालिकामा चालु आर्थिक वर्ष भित्रैमा बैंकको शाखा विस्तारका लागि आफुले पहल गरिरहेको सुनुवारले सुनाए ।
सरकारी कारोबार समेत गर्ने अनुमती पाएको बैंक गाउँपालिकाको केन्द्रमा स्थापना भएपछि विकास निर्माण र कार्यालयको आन्तरिक कारोबारमा समेत सहज भएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए । पालिकालाई समृद्ध बनाउने अभियानको एउटा पाटोका रुपमा लिईएको बैंक स्थापना पछि सदरमुकाममा कर्मचारी पठाएर काम गर्नुपन बाध्यता टरेको उनले सुनाए ।
गाउँपालिका उपाध्यक्ष हेमकुमारी तामाङले बैंक स्थापनासँगै बचत गर्ने बानीको विकास गराउनुपर्नेमा जोड दिईन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने र बैंक मार्फत बचत गराउने चलन बसालेर स्थानीय महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउने उनले प्रतिवद्धता जनाईन् ।
बैंकको शाखा विस्तार गरेकै दिन खाता खोल्ने र सेवा लिनेको भिड लागेको थियो ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen