- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा जारी भिजन आइडल सफल पार्न सुनकोशी गाउँपालिकाले सहयोग गर्ने भएको छ । मुलखर्क अडिसनबाट छनौट भएका भिजन आइडलका प्रतिस्पर्धीलाई अर्को प्रतिस्पर्धाका लागि सदरमुकाम सम्म आउने जाने र खाने बस्ने खर्च सुनकोशी गाउँपालिकाले उपलब्ध गराउने भएको हो ।
ग्रामिण क्षेत्रका युवा तथा विद्यार्थीहरुमा लुकेर रहेको क्षमता प्रष्फुटन गराउन भिजन आइडलले महत्वपूर्ण भूमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले आफ्नो पालिकाबाट आइडलमा सहभागि हुनेहरुका लागि लाग्ने खर्च पालिकाले व्यहार्ने बताउनुभएको हो । मुलखर्कमा भएको अडिसनलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले सञ्चारका क्षेत्रमा कामगर्ने संस्थाले सामाजिक विकासमा समेत विभिन्न अभियानहरु सञ्चालन गरेको भन्दै भिजनको प्रशंसा गर्नुभयो । ‘समाचार, सुचना र मनोरञ्जन सम्प्रेषण गर्ने संस्था भिजनले आईडल लगाएतका अभियान चलाएर हामीले गर्नुपर्ने कामहरु गरिरहेको छ । याे खासमा हामीले गर्नुपर्ने हाे भिजनले गर्याे झन यसले स्थानीय सरकारलाई निकै ठुलो सहयोग पुगेको छ ।’ अधिकारीले भन्नुभयो‘यो पटकको आईडलमा मुलखर्क अडिसनबाट छनौट भएका सबै सहभागिका लागि लाग्ने खचै पालिकाले व्यहोर्ने छ ।’ भिजन आईडल र भिजन डान्सिङ् स्टार सहित थप नयाँ अभियानहरु सञ्चालन गर्न आग्रह गर्दै सामाजिक र सामुदायिक विकासका लागि सुनकोशी गाउँपालिका निरञ्तर सबैसँग सहकार्य गर्ने बताउनुभयो ।
आइडलमा सहभागिहुन गाउँपालिकाले सहयोग गर्ने भएपछि स्थानीय युवाहरु खुसी भएका छन् । मुलखर्क अडिसनबाट २३ जना प्रतियोगि दोस्रो चरणका लागी छानिएका छन् ।

यो सहयोगले आइडलमा सहभागीहुनेहरुको आत्मबल बढ्ने भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानले बताउनुभयो । अन्य स्थानीय सरकारसँग पनि समन्वय गरेर अभियान अघि बढाइने उहाँको भनाई छ । ओखलढुंगामा भिजन आइडलको अडिसन जारी छ । ४ जिल्लाका १२ स्थानमा अडिसन सकिएपछि असार १५ गतेबाट दोस्रो राउण्ड सुरु हुनेछ । अडिसनको फाइनल साउन २ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen