- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाले दैनिक ८ घण्टा सेवा प्रवाह सुरु गरेका छन् । कार्यपालिकाले निर्णय गरेर बिहान १० बजे देखि साँझ ५ बजे सम्म स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशनात्मक आग्रह गरेपछि स्वास्थ्य संस्थाहरुले ८ घण्टा सेवा उपलब्ध गराउन थालेका हुन् । अब सुनकोशीका कुनै पनि स्वास्थ्य संस्था दिउँसो २ बजे बन्द गर्न नपाईने भएको छ ।
नागरिकले चाहेको बेला सेवा लिन पाउने गरि संस्था व्यवस्थापन गर्न र दैनिक ८ घण्टा कार्यालय खोल्न अनिवार्य गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । राज्यको निति नै प्रभावकारी नभएकाले सुनकोशी गाउँपालिकाले फरक अभ्यास थालेको उनले सुनाए ।स्वास्थ्यकर्मीहरु पनि निजामती कर्मचारी भएकाले १० देखि ५ बजे सम्म अनिवार्य सेवामा खटिनुपर्ने उनको भनाई छ ।

स्वास्थ्य चौकी नभएका ठाउँमा हेल्थयुनिट सञ्चालन
साविकका ५ गाविसको भूगोल समेटेर बनेको सुनकोशी गाउँपालिकामा ५ वडा स्वास्थ्य चौकी छन् । १० वडा रहेको पालिकामा ५ वटा मात्रै स्वास्थ्य चौकी हुँदा सेवा प्रवाहमा समस्या हुने भन्दै पालिकाले स्वास्थ्य चौकी नभएका वडा र स्वास्थ्य चौकी भन्दा टाढाका गाउँलाई विशेष क्षेत्र मानेर सात वटा हेल्थयुनिट सञ्चालन गरेको छ । ५ वटा वडा सहित ककनी र कोष भञ्ज्याङ क्षेत्रमा हेल्थयुनिट मार्फत सेवा प्रवाह भईरहेको सुनकोशीका प्रमुख प्रशासकीय अधिकृत मदन बजगाईले बताए । स्वास्थ्य चौकी र हेल्थयुनिट मार्फत प्रवाह भईरहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउन जनप्रतिनिधि र माथिल्लो तहका कर्मचारीहरुबाट नियमित अनुगमन गर्ने कार्यक्रम रहेको उनले सुनाए ।
सुनकोशी गाउँपालिकाले थालेको स्वास्थ्य सेवा प्रभावकारी बनाउने अभियान स्वागत योग्य रहेको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen