- भिजन समाचार

२७ जेठ, ओखलढुंगा । ‘शैक्षिक जागरण अभियान’ अन्तर्गत विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रि वितरण गरिएको छ । ‘आजका हाइस्कुलको बिद्यार्थी भोलिको राष्ट्रको सचिव’ भन्ने नाराका साथ काङ्ग्रेस नेताहरुले जिल्लामा शुरु गरेको अभियान अन्तरर्गत जिल्लाका विभिन्न विद्यालय र विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको हो । सुनकोशी गाउँपालिका १ को बलखु मावि र सिद्धिचरण नगरपालिका ३ को नारायणस्थान माविलाई सामाग्रि वितरण गरिएको श्रोतले जनाएको छ । बलखु माविका एक देखी १२ कक्षामा अध्ययरत ५४ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । यसै विद्यालय लाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ ।

विद्यार्थीलाई वितरण गरिएको शैक्षिक सामाग्री ठाकुर प्रसाद गौतम र विद्यालयलाई प्रोजेक्टर कुमार लुईटेललले उपलब्ध गराएका हुन् । गाैतम र लुइटेल काङ्ग्रेसका युवा नेता हुन् । बलखु माविलाई शैक्षिक सामाग्रि हस्तान्तरण कार्यक्रममा काङ्ग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल, महासमिती सदस्य कुमार लुइटेल, महधिबेशन प्रतिनिधि लिला बल्दव दाहाल (काका) विद्यार्थी नेता सुरेश ढुंगेल लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । अभियान अन्तरर्गत यस अघि सिद्धिचरण नगरपालिका ३ को नारायणस्थान माविलाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिसकिएको छ । चालु शैक्षिक शत्रभित्र जिल्लाका सम्पुर्ण माविहरुमा ‘शैक्षिक जागरण अभियान’ कार्यक्रम पु¥याउने लक्ष रहेको अभियानका सदस्य कुमार लुईटेलले बताए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen