- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगा सहित माथिल्लो सगरमाथा क्षेत्रमा खाद्यन्न र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ । समान ढुवानीका लागि प्रयोग हुने सिद्धिचरण लोकमार्ग केही समय यता मर्मतका लागि भन्दै एक महिनाका लागि बन्द गरिएको छ । विकल्पका रुपमा रहेको बर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि मालवहाक ठुला सवारी साधन सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै ढुवानी गर्ने मार्ग नहुँदा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको माथिल्लो क्षेत्र सहितका आसपासका भेगमा खाद्यन्न र पेट्रोलियम पदार्थ अभाव हुन थालेको हो ।

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नती गर्ने भन्दै सिधा सवारी सञ्चालनमा रोक लगाईएपछि व्यवसायिहरुले विपी राजमार्गलाई विकल्पका रुपमा प्रयोग गरेर सामान ढुवानी गरिरहेका थिए । सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामाग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्यसंघ ओखलढुंगाका कार्यालय सचिव नवराज दाहालले बताए । ‘अहिल्यै बजारमा अभाव बढिसक्यो वर्षामा झन समस्या हुने देखियो’दाहालले भने ‘सिद्धिचरण लोकमार्ग बन्द गर्नु र विपी राजमार्गमा मालवहाक ठुला सवारी नचलाउनु भनेर सरकार र सर्वोच्च अदालतले खेलेको जुहारीका मारमा यस भेगका जनता परेका छन् ।’ उनका अनुसार सिद्धिचरण लोकमार्गमा सिधा सवारी ठप्प भएपछि विकल्पमा विपीराजमार्ग हुँदै ठुला मालबाहक सवारी यस क्षेत्रमा भित्रने गरेका थिए । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश गरेसँगै खाद्यन्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी सिन्धुलीमा रोकिएका छन् । ओखलढुंगा, खोटाङ्ग र सोलुखुम्बुका लागि आवश्यक सामान ढुवानी गर्न सिद्धिचरण लोकमार्ग र विपी राजमार्गको विकल्प छैन । अहिले दुवै नाका सामान ढुवानीका लागि ठप्प छन् ।
केही दिन यता यस क्षेत्रमा डिजेल, पेट्रोल, दाल, चामल, तेल, चिनी, पिय पदार्थ र निर्माण सामाग्रीको अभाव सिर्जना भएको छ । पेट्रोलियम पदार्थको अभावले पम्पहरु बन्द हुन थालेका छन् । भने दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । निर्माण सामाग्री अभावले पूनर्निर्माणको काम समेत प्रभावित भएको छ ।
समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
यसैबिच ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले तत्काल यो समस्या समाधान गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आईतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुनुवारले सरकारले आन्तरिक नाकाबन्दिको झल्को दिने गरि माथिल्लो सगरमाथा क्षेत्रका नागरिकलाई सास्ती दिएको भन्दै विकल्प तयार पारेर सामान ढुवानी गर्ने व्यवस्था मिलाउन माग गरेका हुन् । खाद्यन्न,पेट्रोलियम पदार्थ र निर्माण समाग्रीको अभाव चर्किएको सदनलाई जानकारी गराउँदै सुनुवारले कुन सडकमा कुन सवारी सञ्चाल गर्ने भन्ने विषय अदालतको क्षेत्राधिकार भित्र नपर्ने बताए । ‘सडकहरु व्यापारिक केन्द्रमा राखिएका शो पिस होईनन् । गाडी कुदाउनका लागि बनाईएका हुन् । ति सडक सवारी कुदाउन पाउनुपर्छ ।’ सुनुवारले भने ‘तत्काल विकल्प दिएर यो समस्या समाधान गरियोस् ।’ नेकपाका केन्द्रिय सदस्य समेत रहेका सुनुवारले सडकमा सेन्डिकेट हटाएर प्रशंसा कमाईरहेको सरकारले आन्तरिक नाकाबन्दि गरेर जनतालाई सास्ती दिनु दुखद् भएको टिप्पणी गरे ।

यज्ञराजकाे भनार्इ भिडियाेमा हेर्नुहाेस् https://www.youtube.com/watch?feature=youtu.be&v=YT0jKCPiTLk&app=desktop

ओखलढुंगाका पूर्व सांसद रामहरि खतिवडाले पनि सरकारको यो कदम नागरिकको हित विपरित भएको भन्दै आपत्ती जनाए । ‘अदालत र सरकार जुहारी खेलेर बस्ने अनि नागरिकलाई भोकै मार्ने यो सरकारको नियत ठिक देखिएन ।’ कांग्रेस नेता खतिवडाले भिजनसँगभने ‘तत्काल अर्को निर्णय गरेर सरकारले आवश्यक सामान ल्याउन दिनुपर्दछ ।’ ढुवानी समस्याका कारण यस क्षेत्रको विकास निर्माण पनि प्रभावित हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen