- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको हर्कपुरका विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सारिने भएको छ । साबिक हर्कपुर ९ केराबारीका १९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको हो । १९ मध्ये १२ परिवारलाई नेपाल सरकारले जग्गा खरिदका लागि प्रति परिवार २ लाख रकम उपलब्ध गराएको छ ।

नेपाल सरकारको आर्थिक सहयोग र दिगो समाधान परियोजनाको सहजिकरणमा हर्कपुरका विस्थापितलाई मोलुङ्ग गाउँपालिका ३ फुयाँल गाउँमा स्थानान्तरण गर्ने तयारी थालिएको दिगो परियोजनाका भोला बस्नेतले बताए । ‘असुरक्षित बस्तिका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम सुरु भईसकेको छ’बस्नेतले भने ‘सुरक्षित ठाँउमा एकिकृत नमुना बस्ति बसाउने गरि प्रभावितहरुका नाममा जग्गा पास गरिसकिएको छ ।’ नमुना बस्ति बसाउन मोलुङ्ग गाउँपालिका ३ फुयाँल गाउँमा ५ रोपनी जग्गा खरिद गरिएको छ ।
२०७२ बैशाखमा गएको भूकम्प पछि बस्ति भन्दा माथिको जमिन धाँजा फाटेर चिराचिरा परेपछि केराबारी बस्ति विस्थापित भएको थियो । त्यहाँका केही स्थानीय आसपासमा आफन्तको जग्गामा बसिरहेका छन् भने केही जोखिम मोलेर सोही स्थानमा बसेका छन् । सुरक्षित स्थानमा घर बनाउने आफ्नो जमिन नभएको समस्या झेलिरहेका स्थानीय सुरक्षित स्थानमा बस्न पाउने भएपछि खुसी भएका छन् ।
भूकम्प प्रतिरोधी सुरक्षित आवास निर्माणका लागि मालपोत कार्यालय ओखलढुंगाबाट स्थानीय नर बहादुर तामाङ्ग, देव बहादुर सुनुवार, दुधमाया सुनुवार, खड्ग बहादुर सुनुवार, तिलव बहादुर सुनुवार, ईन्द्र बहादुर सुनुवार, चतुरमान सुनुवार, चन्द्र माया सुनुवार, शन्त बहादुर सुनुवार, धनसरा सुनुवार र केवमान सुनवारले जग्गा प्राप्त गरेका छन् ।
विस्थापित स्थान्तरण गरिएको ठाउँमा एकिकृत नमुना बस्ती बसाईने वडा अध्यक्ष रामकुमार कार्कीले बताए । एकिकृत बस्तीमा बस्न नचाहने अरु दुई जनाले पनी नेपाल सरकारबाट जग्गा प्राप्त गरिसकेका छन् । बाँकी ५ परिवार मध्ये दुई परिवारले जग्गा प्राप्त गर्ने प्रक्रिया अन्तीम चरणमा रहेको वडा अध्यक्ष कार्कीको भनाई छ । अन्य तीन परिवारको भने अभिलेख फरक परेकाले मिलाउने क्रम जारी छ ।
जग्गा प्राप्त गर्ने भूकम्प पिडितहरुले १० वर्ष सम्म उक्त जग्गा बेचविखन गर्न पाउने छैनन् । सरकारले सुरक्षित स्थानमा जग्गा व्यवस्था गरेको तीन महिना भित्र पिडित परिवारले भूकम्प प्रतिरोधी घर बनाई सक्नुपर्ने प्रावधान छ । भूकम्प पछि बस्ति माथिको जमिन चर्किएका कारण जिल्लाका दर्जन भन्दा बढि बस्ति जोखिमा छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen