- पूर्णप्रसाद न्याैपाने

ओेखलढुंगा- ओखलढुंगामा २ दर्जन भन्दा बढि प्रहरी कारबाहीमा परेका छन् । प्रहरी संगठनको मर्यादा र जिम्मेवारी विपरित काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनिहरु विरुद्ध आन्तरिक कारबाही थालेको हो ।

नागरिकको सेवामा खटिएका समयमा संगठनलाई बदनाम बनाउने काम गरेको आरोप लागेका प्रहरीहरुलाई अनुशासनको कारबाही गरेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । संगठन सुधार अभियान अन्तरगत करिब २४ जनालाई कारबाही गरिएको उनले सुनाए । ‘के के गरे भन्ने नभनौं प्रहरीले गर्न नमिल्ने काम गरेकाहरुलाई अनुशासनको कारबाही गरिएको हो ।’ शर्माले भने ‘राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डीत गरेर संगठन सुधार गर्ने प्रहरीको निति छ ।’
यसैबिच जिल्ला प्रहरी प्रमुख शर्माले पटक पटक आन्तरिक कारबाही गर्दा पनि नसुध्रिएको भन्दै १ प्रहरी जवानलाई जागिरबाट हटाउन लागि सिफारीस गरेका छन् । प्रहरी जवान फिदा हुसैनलाई जागिरबाट हटाउन प्रहरी प्रधान कार्यालयमा सिफारीस गरिएको बुझिएको छ । हुसैनले गाम्नाङटार सहितका क्षेत्रमा सर्वसाधारण सँग पैसा अशुलेको आरोप लागेको थियो । पछि लागेका अन्य आरोपहरु पनि पुष्टि भएसँगै उनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen