- भिजन समाचार

ओखलढुंगा-  ओखलढुंगामा भिजन आईडलको दोस्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरका युवाहरुमा लुकेर रहेको प्रतिभाको विकास गर्ने उद्धेश्यले गतवर्षबाट थालिएको भिजन आईडलको दोस्रो संस्करण शनिवारबाट सुरु भएको हो ।


आईडललाई हरेक वर्ष निरञ्तरता दिने योजना अनुसार यसवर्ष सिजन २ सुरु गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । साहित्य र कलाको उर्भरभूमि ओखलढुंगालाई कला र गलाका माध्यमबाट थप विकास गर्ने उद्धेश्यले यो अभियान थालेको उहाँको भनाई छ ।

सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपाल र भिजन नेपाल साप्ताहिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष भिजन आईडल हुने गरेको छ ।

आईडलको अडिसन चार जिल्लाको १२ स्थानमा हुने 

यसवर्ष भिजन आईडलको अडिसन चार जिल्लाको १२ स्थानमा हुने भएको छ । ओखलढुंगा, सिन्धुली, उदयपुर र खोटाङका विभिन्न स्थानमा पुगेर अडिसन सञ्चालन गरिने भिजन नेपालका उपाध्यक्ष रविन श्रेष्ठले बताउनुभयो । स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन हुने उहाँको भनाई छ ।


शनिवार सिद्धिचरण नगरपालिका ओखलढुंगामा भएको पहिलो अडिसनबाट अर्को चरणका लागि ८ जना छनौट भएका छन् । आयोजकका अनुसार जेठ २८ गते सुनकोशी गाउपालिकाको मुलखर्क, जेठ ३१ गते मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजार, असार १ गते फिकल गाउपालिकाको खाङ्गसाङ्ग सिन्धुली, असार २ गते कटारी नगरपालिका १४ घुर्मी बजार उदयपुर, असार ४ गते दित्तेल बजार खोटाङ, असार ५ गते हलेसी बजार खोटाङ, असार ६ गते लिम्चुङबुङ गाउँपालिका उदयपुर, असार ८ गते चिशंखुगडी गाउँपालिका सेर्ना र असार १० गते मोलुङ्गगाउपालिका प्राप्चामा आइडलको अडिसन सञ्चालन हुनेछ ।
पहिलोे चरणको अडिसनबाट छनौट भएका लाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागी गराईने भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुले ओखलढुंगा सदरमुकाममा हुने अर्को चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् । भने उनिहरु मध्येबाट उत्कृष्ट १० छनौट गरिने छ । अडिसनको फाईनल साउन २ गते हुनेछ ।

अडिसनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरि गित रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।
भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen