- एसबी जेराे

२४ जेठ, ओखलढुंगा–ओखलढुंगाको रामपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । मोलुङ्ग गाउँपालिका पात्ले नेवारेकी २१ वर्षिय जमुना खत्रिको ज्यान गए संगै मृत्यु हुनेको संख्या २ पुगेको हो । खत्रिको उपचारका क्रममा बुधबार राती काठमाण्डौको टिचिङ्ग हस्पिटलमा ज्यान भएको मृतककी जेठानी कमला कटुवाल खत्रिले जानकारी दिईन ।
सवारी धनिले उपचारका क्रममा लागेको खर्च नतिरेका कारण अस्पतालले खत्रिको लाश आफन्तलाई दिएकाे छैन । मृतक खत्रिको १४ महिने छोरा छ । उनका श्रीमान वैदेशिक रोजगारीका लागि साउदिमा छन । एक साता अघि यात्रु लिएर प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो जिप मोलुङ्ग गाउँपालिका २ रामपुर नजिक दुर्घटनामा परेको थियो ।

जिप सडकबाट १ सय मिटर तल खसेको थियो । घटना स्थलमै मोलुङ्ग गाउँपालिका २ का १८ बर्षीय रविन बिकको ज्यान गएको थियो । एक बालक सहित ८ जना घाईते भएका थिए । घाईते मध्ये खत्रिको ज्यान गएको हो । उनलाई ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार हुन नसके पछी काठमाण्डौ रेफर गरिएको थियो ।
दुर्घटनामा परी घाइते हुनेहरुमा खत्रीका १४ महिने छोरा बर्ष १६ का बिष्णु विक, १७ बर्षीय अशोक विक र सवारी चालक अमृत विक रहेका छन् । त्यस्तै सिद्धिचरण नगरपालिका ६ का १५ बर्षीय पासाङ् लक्की शेर्पा, मोलुङ ७ का ३१ बर्षीय पदम बिक र खिजिदेम्बा गाउँपालिका ६ का बर्ष २८ का साङ्गे शेर्पा घाईते भएका थिए ।

 

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen