- एसबी जेराे

२४ जेठ, ओखलढुंगा– नेपाल टेलिकमको सेवा प्रभावकारी नहुदा ओखलढुंगाको मानेभन्ज्याङ्गका फोन प्रयोग कर्ताहरुलाई सास्ती भएको छ । मानेभन्ज्याङ्ग बजारमा राखिएको टेलिकमको टावरले राम्रो काम नगर्दा हजारौ स्थानिय सञ्चार सेवा बाट बञ्चित छन् । बजार बिचमा फोनको टावर छ फोन सेटमा नेटवर्क आउदैन एक स्थानियले भने । यहाँ रहेका सरकारी तथा गैरसरकारी कार्यलय र सेवाग्राहीलाई अझ बढी समस्या छ ।
टेलिकमको टावरले काम नगर्दा ल्यान्डलाईन, मोबाईल र एडिएसएल ईन्टरनेट प्रयोग कर्ता ग्राहकहरुले समस्या भोगिरहेका छन् । ल्यान्डलाईन फोन, मोबाईल र ईन्टरनेट राम्रो संग नचल्दा मानेभन्ज्याङ्ग गाउँपालिकामा कार्य सम्पादन गर्न समस्या भएको लेखापाल दिनेश घिमिरेले बताए । उनी भन्छन ‘कतिपय कामहरु फोन र ईन्टरनेटबाट गर्नु पर्ने हुन्छ तर टेलिकमको सेवा प्रभाकारी नहुदा समस्या भयो ।’ धेरैजसो विहान र बेलुकाको समयमा टेलिकमको सेवा ठप्प हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुलाइ बढी असर परेकाे छ ।
टेलिकमको सेवा प्रभाकारी नहुदा मानेभन्ज्याङ्गका अधिकांश वडा तथा अन्य गाउँपालिकाका मोबाईल प्रयोगकर्ताहरु समस्यामा छन् । मानेभन्ज्याङ्ग बजार आसपासका उवुँ, माधवपुर, उदयपुर, सुनकोशी गाउँपालिकाको सिस्नेरी लगायतका क्षेत्रका हजारौ फोन प्रयोग कर्ताहरु सञ्चार सेवा बाट बञ्चीत छन् । मानेभन्ज्याङ्ग बजारमा ८६ जना ल्यान्डलाईन फोन प्रयोगकर्ताहरु छन् । यसै गरी एडीएसएल ईन्टरनेटको ग्राहक ३७ जना रहेकाछन् । नेपाल टेलिकमको सेवा प्रभावकारी हुननसक्दा यस क्षेत्रमा एनसेल प्रयोग कर्ताहरु बढेका छन् ।
पर्याप्त विधुत आपुर्ति नहुदा यस्तो समस्या भएको नेपाल टेलिकम जिल्ला शाखा ओखलढुंगाका प्रमुख राजकिशोर साहले बताए । स्थानिय लघु जलविधुतले पहिले भन्दा कम विधुत आपुर्ती गरेका कारण टेलिफोनको टावरले राम्रो काम नगरेको उनको भनाई छ । विधुत आपुर्ती कमी भएपछी टावर सञ्चालनको लागि सोलार पावर जडान गरिएको छ । पर्याप्त घाम नलागेका कारण सोलारले राम्रो काम नगरेको प्रमुख शाह बताउछन् । समस्या समाधानका लागि क्षेत्रिय कार्यलयमा पत्रचार गरिएको प्रमुख शाहको भनाई छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen