- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  पूर्व सांसद तथा नेकपाका नेता बालकृष्ण ढुंगलेले अबको बाँकी जीवन जनताको सेवामा समर्पण गर्ने बताएका छन् । उनकै स्वागत र सम्मानका लागि वामपन्थी युवा मञ्चले ओखलढुंगा सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगेलले यस्तो बताएका हुन् । आफु २०६४ सालमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभाषद्मा निर्वाचित भएपछि जिल्लाको विकास र रुपान्तरणका लागि चालेका कदमहरु केही समय बाध्यताले रोकिए पनि अब त्यसलाई निरञ्तरता दिने उनले बताए ।

ढुंगेलले परिवर्तनको सुरुवाती जिल्लाका रुपमा ओखलढुंगालाई विकास गर्दै गरिबी उन्मुलनका लागि अभियान चलाउने उद्घोष गरे । ‘अब म अनिकाल मुक्त चुलो अभियान चलाउँछु, कोही पनि भोकै मर्न नपरोस् भन्ने मेरो लक्ष्य हुनेछ ।’ उनले सरकारको खुल्ला दिसामुक्त अभियानलाई व्यङ्ग्य गर्दै भने ‘खान पाए पछि दिसा व्यवस्थापन गर्न नेपालीले जानेका छन्,अब दिसामुक्त होईन अनिकाल मुक्त समाज निर्माणमा सरकार केन्द्रित हुनुपर्दछ ।’ स्वार्थ त्यागेर हुनेखानेहरुले हुँदाखानेहरुलाई सहयोग गर्नुपर्नेमा ढुंगेलले जोड दिए ।

स्थानीय उत्पादन र प्रवद्र्धनमा जोड दिने कार्यक्रम ल्याउन स्थानीय सरकारलाई ढुंगेलले आग्रह गरे । ओखलढुंगा जिल्लाको समृद्धिका लागि ओखलढुंगाकै नागरिक र सरोकारवाला चनाखो बन्नुपर्ने उनको भनाई थियो । ‘कुरा काटेर बस्ने गाउँले चलनलाई अन्त्य गर्दै हाम्रो जिल्लाको समृद्धिका लागि हामीले नै कदम चाल्नुपर्छ’ उनले भने ‘हाम्रो समृद्धिका लागि केपी ओली,प्रचण्ड,कमल थापा र शेरबहादुरहरुले केही गर्दैनन्,हामीले नै गर्ने हो ।’ स्थानीय कै लगानीमा विद्युत उत्पादन सहितका दिर्घकालीन कार्यक्रमहरु ल्याउन आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

अदालतले उज्जन श्रेष्ठको हत्या आरोपमा जन्मकैदको सजाय तोकेपछि जेल जीवन विताईरहेका ढुंगेललाई सरकारले गणनन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रिहाई गरेको थियो । ढुंगेलले वर्तमान सरकारले आफुलाई न्याय गरेको नभई थप अन्याय भने नगरेको प्रक्रिया दिए । ‘बाम एकता पछि म रिहाई भएँ तर यो सरकारले मलाई न्याय दिएको होईन् म प्रति थप अन्याय नगरेको चाँही हो ।’ ढुंगेलले भने ।

ढुंगेललाई ओखलढुंगामा सप्ताहव्यापी सम्मान
जेलमुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका बालकृष्ण ढुंगेललाई ओखलढुंगामा भव्य स्वागत र सम्मानका कार्यक्रमहरु भईरहेका छन् । बुधबार जिल्ला प्रवेश गरेका ढुंगेललाई स्वागत र सम्मान ग्रहण गर्न भ्याई नभ्याई छ ।

ढुंगेल अबको एक साता जिल्ला भ्रमणमा रहने र ठाउँ ठाँउका स्थानीयले उनको स्वागत गर्ने कार्यक्रम रहेको वामपन्थी युवा मञ्चका अध्यक्ष रुपेश शाक्यले बताए । शाक्यका अनुसार पूर्वी सिमानाबाट जिल्ला प्रवेश गरेका ढुंगेल जिल्लाबासीसँग भेट गरि जिल्लाको पश्चिमी क्षेत्र पोकली स्थित जन्मघरमा पुग्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen