- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । काठमाण्डौबाट सोलुखुम्बु तर्फ आउँदै गरेको ना १ ज ४९५० को जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित भण्डारे खोलामा दुर्घटनाहुँदा २ जनाको घटना स्थलमै ज्यान गएको हो ।

सडकबाट २ सय मिटर तल जिप खस्दा ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका सिंगे तामाङ र कैलीमायाँ तामाङको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भटराईले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने सिंगे र कैलीमायाँ श्रीमान–श्रीमती हुन् ।
दुर्घटनामा अन्य २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा मुलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ छन् । उनिहरुको उदयपुरको घुर्मी स्थित एक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen