- भिजन समाचार

ओखलढुंगामा भिजन आईडलको सिजन २ हुने भएको छ । गत वर्षबाट सुरु भएको आइडल यसवर्ष पनि जेष्ठ २६ गतेबाट सुरु हुने भएको हो । सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपाल र भिजन नेपाल साप्ताहिक पत्रिकाको पहिलो वार्षिकोत्सवबाट सुरु गरिएको आईडललाई हरेक वर्ष निरञ्तरता दिने योजना अनुसार यसवर्ष सिजन २ को तयारी गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले यस्ता अभियानहरु सञ्चालन गर्ने गरिएको उहाँको भनाई छ ।

गतवर्ष जिल्ला सदरमुकाममा कार्यक्रम आयोजना गरेर सुरु गरिएको भिजन आइडलको अडिसन यसवर्ष भने गाउँ केन्द्रित हुनेछ । ओखलढुंगा सहित आसपासका जिल्लाका स्थानीय तहहरुमा पुगेर अडिसन सञ्चालन गरिने भिजन नेपालका उपाध्यक्ष रविन श्रेष्ठले बताउनुभयो । स्थानीय सरकारसँगको समन्वयमा भिजनका अभियानहरु सञ्चालन हुने उहाँको भनाई छ ।

यसवर्षको भिजन आईडलकाे अडिसन जेष्ठ २६ गते शनिवारबाट सुरु हुने भएको छ । २६ गते सिद्धिचरण नगरपालिका ओखलढुंगाबाट अडिसन सुरु गरिने भएको हो । जेष्ठ २८ गते सोमबार सुनकोशी गाउपालिकाको मुलखर्क,जेष्ठ ३१ गते विहिवार मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजार, असार १ गते शुक्रबार फिकल गाउपालिकाको खाङ्गसाङ्ग सिन्धुली, असार २ गते शनिवार कटारी नगरपालिका १४ घुर्मी बजार उदयपुर, असार ४ गते सोमबार दित्तेल बजार खोटाङ, असार ५ गते मंगलबार हलेसी बजार खोटाङ, असार ६ गते बुधबार लिम्चुङबुङ गाउँपालिका उदयपुर, असार ८ गते शुक्रबार चिशंखुगडी गाउँपालिका सेर्ना र असार १० गते आईतबार मोलुङ्गगाउपालिका प्राप्चामा आइडलको अडिसन सञ्चालन हुने भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । उहाँका अनुसार अडिसनबाट छनौट भएका लाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागी गराईने छ । पहिलो चरणको अडिसनबाट छनौट भएकाहरुले ओखलढुंगा सदरमुकाममा हुने अर्को चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् भने उनिहरु मध्येबाट उत्कृष्ट १० छनौट गरिने छ । अडिसनको फाईनल साउन २ गते हुनेछ ।

अडिसनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गित रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुंगाले जनाएको छ ।

भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen