- एसबी जेराे

८ जेठ, ओखलढुंगा । चार वर्ष देखी तत्कालिन जिल्ला शिक्षा कार्यलय ओखलढुंगाको भवनको निर्माण कार्य अलपत्र छ । निर्माण कम्पनीले भवनको जगमात्र हालेर चार वर्ष विताएका छन् । १८ महिनामा भवनको निर्माण कार्य सक्ने गरी ठेक्का नं. SSRP/2014/DEO/OKHALDHUNGA. गाल्वा÷पुष्पाञ्जलि जे.भी काठमाण्डौंले ठेक्का पाएको थियो ।
२०७१ असार ३१ गते तत्कालिन जिल्ला शिक्षा कार्यालय र निर्माण कम्पनी गाल्वा÷पुष्पाञ्जलि जे.भी विच भ्याट रकम सहित रु.२ करोड ८८ लाख ६७ हजार २ सय ५७ रुपैया“ ५२ पैसामा नया भवन बनाउने ठेक्का सम्झौता भएको हो । श्रोतका अनुसार ठेकेदारले भवन निर्माणका लागि छुटिएको बजेटको पहिलो किस्ता लिईसकेको छ ।

चार वर्ष लगाएर जगमात्र हालिएकाे शिक्षाकाे निर्माणाधीन भवन‍: तस्वीर शिव ढु‌ंगाना

सम्झौता भएको एक वर्ष पछी मात्र निर्माण कम्पनीले कार्यादेश पाएको थियो । तत्कालिन जिल्ला शिक्षा कार्यलयले निर्माण कम्पनीलाई भवनको निर्माण कार्य थाल्न भनी २०७२ असार ८ गते पहिलो कार्यादेश दिएको हो । तोकिएको मिती सम्म पनी ठेकेदारले भवनको निर्माण कार्य अघि नढाएछी शिक्षा कार्यलयले पटक पटक स्पष्टिकरण सोधेको थियो ।
जवाफमा शिक्षा कार्यलयले पुरानो भवन हटाउन ढिलो गरेको, निर्माण सामाग्रि निर्माण स्थल सम्म पु¥याउने बाटो नभएको, भूकम्प लगतैको नाकाबन्दी लगायतका विविध समस्याका कारण निर्माण कार्य अघि नबढेको ठेकेदार कम्पनीले जनाएको छ । पुनः कम्पनीले म्याद थपका लागि २०७३ मंशिर २१ गते तत्कालीन जिल्ला शिक्षा कार्यलयमा निवेदन पेस गरेको थियो ।
कम्पनीले म्याद थपका लागि दिएको निवेदनमा एक वर्षको समय थप्न माग गरेको छ । शिक्षा कार्यलयले ठेकेदारलाई फेरी दोश्रो पटक २०७३ पौष ७ गते कार्यादेश दिएको थियो । दोश्रो पटक कार्यादेश दिईएको पनी १७ महिना वितेको छ । शिक्षाको भवनको काम अलपत्रै अवस्थामा छ । निर्माण व्यवसायी आफैले बनाएको निर्माण कार्यसुची अनुसार काम नभएको शिक्षा कार्यलयले जनाएको छ ।
कम्पनीले ०७३ असोज १४ गतेबाट काम सुरु गरेको तत्कालीन जिल्ला शिक्षा कार्यलयलाई जानकारी गराएको थियो । शिक्षा कार्यलयका प्राविधीकहरुले निर्माण स्थलमा अनुगमन गर्दा कुनै कार्य सुरु भएको थिएन । यसरी ठेकेदार कम्पनी गाल्वा÷पुष्पाञ्जलि जे.भी काठमाण्डौंले  विभिन्न बाहानामा शिक्षा कार्यलयको भवन निर्माण कार्यलाई लम्ब्याउदै लगेको छ ।


जग खनेर अलपत्र अवस्थामा रहेको निर्माणाधीन शिक्षाको भवनका कारणले नजिकै रहेको जिल्ला प्रशासन कार्यलय जोखिममा छ । झरीका समयमा पहिरो गई कार्यलयमा क्षती पुग्ने सम्भावना भएपछी तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले निर्माण व्यवसायी संग समन्वय गरी चाढै काम सम्पन्न गर्नका लागि लिखित रुपमा निर्देशन दिएका थिए । प्रजिअ दाहालले पत्रमा व्यवसायीले काम नगरे हदै सम्मको कारबाहि गर्न उपयुक्त हुने राय सहितको पत्र शिक्षा मन्त्रालयलाई समेत पठाएका थिए ।
पटक पटकको आग्रह र निर्देशनलाई निर्माण कम्पनीले बेवास्ता गर्दै आए पछी कम्पनीलाई कालो सुचिमा राख्नका लागि शिक्षा कार्यलयले आवश्यक प्रक्रिया थालेको थियो । निर्माण कम्पनीलाई कालो सुचिमा राख्नु नपर्ने कारण खुलाई ०७३ चैत्र ११ गते भित्र स्पष्टिरण पेश गर्नकालागि पत्रचार गरेको थियो ।
सुचना पश्चात ०७३ चैत्र १० गते कम्पनीका निर्देशक नरेन्द्र कुमार श्रेष्ठले हस्ताक्षर गरी शिक्षा कार्यलयलाई लिखित जवाफ पठाएका थिए । साथै म्याद थपका लागि आग्रह समेत गरेका थिए । निर्देशक श्रेष्ठले पठाएको जवाफ सन्तोजनक नभएको शिक्षा कार्यलयले जनाएको छ । तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कुनै कारबाही हुन सकेको छैन । ईन्जीनियर सविन लामाका अनुसार अहिले सम्म भवनको जगमात्र हालिएको छ ।
पुनः सोही निर्माण कम्पनीलाई तेश्रो पटक म्याद थप गर्नेकी नगर्ने भन्ने विषयमा विभागमा परिपत्र गर्ने तयारी भईरहेको बुझिएको छ । तीन वर्ष देखी तत्कालिन जिल्ला शिक्षा कार्यलय तथा अहिलेको शिक्षा विकास तथा समन्वय ईकाई व्यक्तिको निजीघरबाट सन्चालनमा छ । कार्यलयका अनुसार वार्षिक आठ लाख घरभाडाका लागि खर्च भईरहेको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen